Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

नियमित महाधिवेशनको माग गर्दै सानेपामा प्रदर्शन (तस्बिरसहित)


काठमाडौँ। नियमित महाधिवेशनको माग गर्दै काँग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन भएको छ ।

आईतवार दिउँसो सानेपास्थित नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा नेपाल विद्यार्थी संघसहितका पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली काँग्रेस र हरेक तहको निर्वाचनमा ४० मुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा बोल्दै नेविसंघ सदस्य भूवन भट्टले नेपाली काँग्रेस सुधार अभियान चलाएको बताउनु भयो । काँग्रेस सुधार र रुपान्तरणको मुद्दा आफूहरुले उठाउन खोजेको बताए । नवयुवाको परिवर्तनको आकांक्षालाई नजरअन्दाज गर्न नमिल्ने बताउदै उनले समयसापेक्षरुपमा आफूलाई परिवर्तन गर्दै जानुपर्ने बताएका छन् ।

उनले मुलुकलाई नेतृत्व गर्नुपर्ने काँग्रेस आज पार्टीभित्रै रुमल्लिएको बताएका छन् । काँग्रेसका युवाहरुले उठाएको आवाजलाई नजरअन्दाज नगर्न चेतावनी दिंदै तत्काल पार्टीको नियमित महाधिवेशन घोषणा गर्ने र पार्टीमा आम कार्यकर्ताको भावना समेटेर अघि बढ्नुपर्ने माग गरेका छन् ।


प्रकाशित मिति: १६ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?