Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नियमित महाधिवेशनको माग गर्दै सानेपामा प्रदर्शन (तस्बिरसहित)


काठमाडौँ। नियमित महाधिवेशनको माग गर्दै काँग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन भएको छ ।

आईतवार दिउँसो सानेपास्थित नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा नेपाल विद्यार्थी संघसहितका पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली काँग्रेस र हरेक तहको निर्वाचनमा ४० मुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा बोल्दै नेविसंघ सदस्य भूवन भट्टले नेपाली काँग्रेस सुधार अभियान चलाएको बताउनु भयो । काँग्रेस सुधार र रुपान्तरणको मुद्दा आफूहरुले उठाउन खोजेको बताए । नवयुवाको परिवर्तनको आकांक्षालाई नजरअन्दाज गर्न नमिल्ने बताउदै उनले समयसापेक्षरुपमा आफूलाई परिवर्तन गर्दै जानुपर्ने बताएका छन् ।

उनले मुलुकलाई नेतृत्व गर्नुपर्ने काँग्रेस आज पार्टीभित्रै रुमल्लिएको बताएका छन् । काँग्रेसका युवाहरुले उठाएको आवाजलाई नजरअन्दाज नगर्न चेतावनी दिंदै तत्काल पार्टीको नियमित महाधिवेशन घोषणा गर्ने र पार्टीमा आम कार्यकर्ताको भावना समेटेर अघि बढ्नुपर्ने माग गरेका छन् ।


प्रकाशित मिति: १६ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?