Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

यस्तो देखियो छठका लागि सजाइएका घाटहरु (फोटो फिचर)


काठमाडौँ। छठ पर्वको दोस्रो दिन आज खरना व्रतका रूपमा मनाइँदैछ ।

यो पर्व सूर्य देव र छठी मायाको पूजा–अर्चनासँग जोडिएको छ । जसले जीवनको उर्जा, स्वास्थ्य र समृद्धिको कामना गर्दछ । काठमाडौं उपत्यकामा विजेश्वरी मन्दिर, गौरीघाट, कमलपोखरी लगायतका घाटहरू रंगीचंगी सजावट हुँदैछ भने छठमा भक्तजनको भीड हुन्छ । छठ पर्व चार दिनसम्म चल्छ । जसको शुरुवात शनिवारबाट नहाय खायबाट शुरु भयो ।

आजको खरना दिन व्रतधारिहरुले कठोर निर्जल व्रत बस्छन् । जसलाई साँझ गुडको खीर र रोटीको प्रसादले समापन गरिन्छ । यो प्रसादले शुद्धता, कृतज्ञता र प्रकृतिप्रतिको श्रद्धालाई प्रतिनिधित्व गर्दछ । मुख्य दिन सोमवार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ भने मङ्गलवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेर व्रत समापन गरिन्छ । नेपालमा यो पर्व विशेष गरी मिथिला, थारु र पहाडी समुदायहरूले उत्साहका साथ मनाउँछन् । जसले पर्यावरण संरक्षण र सामुदायिक एकताको सन्देश दिन्छ ।

काठमाडौं महानगरपालिकाले उपत्यकामा आठ वटा घाटहरू तोकेर विशेष व्यवस्था गरेको छ । जसमा सफाइ, बिजुली र सुरक्षा सुनिश्चित गरिएको छ । भक्तजनहरूले फलफूल, दुध, चामल र बाँसका डोरीहरूले सजाएका थालीहरू तयार पारिरहेका छन् । घाट निर्माणको क्रम जारी छ ।


प्रकाशित मिति: ९ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?