Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सरकारलाई खबरदारी गर्दै जेन जेड युनाइटेड सडकमा (तस्बिरहरु)


काठमाडौँ। जेन–जी पुस्ताका युवाहरुलाई एकतावद्ध हुन र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

जेन–जी समूहरुलाई एकतावद्ध भई शहीदका सपनाहरु पूरा गर्न खबरदारी गर्न जेन–जेड युनाइटेडको नामबाट शुक्रवार माईतीघर मण्डलामामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् । प्रदर्शनकारीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरु हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । प्रदर्शनमा सहभागि जेन–जी युवा आनन्दमान साम्पाङले मुलुकको विकास र समृद्धिको लागि सबै जेन–जीहरु एक हुनुपर्ने बताएका छन् । उनले सरकार र सञ्चार माध्यमहरुलाई समेत नकारात्मक सन्देश फैल्याएर जेन–जीहरुलाई छुट्याउने काम नगर्न चेतावनी दिएका छन् ।

उनले भने, ‘अहिले हाम्रो मुख्य मुद्दा भनेको युनाइटेड हुनु हो । म इलामो एउटा जेनजी आज यहाँ छु । किनभने हामी युनाइटेड हुन चाहन्छौं । कसैले पनि हामी जेन–जीहरुलाई छुट्याउने प्रयास नगरोस् । हामी एक हुन चाहन्छौं । सरकार र मिडियाले गलत म्यासेज पठाएर हामीलाई छुट्याउने काम नगरोस् । अहिले हामी छिन्नभिन्न हुने होइन । हामी सबै जेनजी पुस्ता एक भएर अगाडि बढ्ने दिन आएको छ ।’

नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरुले जेन–जी समूहलाई एकतावद्ध गर्न सरकारले समेत सहयोग गर्नुपर्ने माग राखेका छन् ।


प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?