Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

प्रहरी अस्पताललाई दुई करोडको चेक


२७ चैत ,काठमाडौँ । प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई रु दुई करोडको चेक हस्तान्तरण गरेको छ ।

अस्पतालको ३९औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि अस्पतालका मेडिकल डाइरेक्टर, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गरे ।

सो अवसरमाप्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता र स्तरसम्म पुर्‍याउन अथक मेहनत, परिश्रम र लगनका साथ योगदान दिनुहुने सम्पूर्ण अग्रजहरूको भूमिकाको प्रशंसा गरे ।

अस्पताल सार्वजनिक चासोको क्षेत्र भएको र अस्पतालले प्रदान गर्ने सेवामा सबै तहका प्रहरी कर्मचारी र सर्वसाधारणका लागि समान अवसर र पहुँच हुनुपर्ने उल्लेख गर्दै उनले उत्कृष्ट व्यवहार र भावनाका साथ सेवा प्रवाह गर्न अस्पतालका कर्मचारीलाई निर्देशन दिए ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताल नितान्त सेवा प्रवाह गर्ने संस्था भएकाले व्यक्तिगत स्वार्थभन्दा पनि सङ्गठनको छवि उच्च गर्न र सङ्गठनको लक्ष्य प्राप्त गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताए ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?