Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

ज्यापू महागुथि र बाजा संरक्षणलाई कामपाले दियो रु एक करोड ७२ लाख


२७ चैत ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ज्यापू महागुथि र गुँला बाजा संरक्षण तथा व्यवस्थापन सङ्घअन्तर्गतका ८६ समूहलाई रु एक करोड ७२ लाख अनुदान रकम उपलब्ध गराएको छ ।

आज यहाँ भएको कार्यक्रममा कामपा प्रमुख बालेन्द्र साहले ६३ ज्यापू महागुथिअन्तर्गत परम्परागत टोल र गुँला बाजा संरक्षण तथा व्यवस्थापन सङ्घअन्तर्गतका २३ समूह प्रत्येकलाई रु दुई लाखका दरले अनुदान रकमको चेक हस्तान्तरण गरेका हुन्‌।

प्रमुख साहले नदी सभ्यता र काठमाडौँवासीका परम्परागत चालचलनका बीचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताए । नदी सभ्यतालाई छुट्‌याएर काठमाडौँवासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो रहने हुनाले नदी सभ्यता जस्ता प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक संस्कृतिलाई सँगै संरक्षण गर्नुपर्ने धारणा उनले राखे।

प्रमुख साहले भने, “अनुदान रकम कम भए पनि यसलाई गुथि, खलका प्रतिनिधिले प्रोत्साहनका रूपमा ग्रहण गरे ।” उपप्रमुख सुनिता डङ्गोलले सांस्कृतिक सम्पदाको संरक्षण राजनीतिक विषयभन्दा माथि रहेको उल्लेख गरिन्‌ ।

सामाजिक व्यवस्थापन र पहिचानका लागि सांस्कृतिक क्रियाकलापको महत्त्वलाई कामपाले नीति र कार्यक्रममा समेट्ने उनले विश्वास दिलाईन्‌ । काठमाडौँका संस्कार र संस्कृति बचाए मात्र महानगर सांस्कृतिक सहर हुनेमा आफू सचेत रहेको भन्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले बाद्यवादन, पर्व, संस्कार र संस्कृति बचाउने नीति कार्यक्रमलाई महानगरले कहिल्यै नछोड्ने बताईन्‌ ।

कार्यक्रममा वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले समुदायका सांस्कृतिक क्रियाकलापसँग महानगर केन्द्रीय तहबाट र स्थानीय गतिविधिमा वडागत रूपमा साथ रहेको उल्लेख गरे । महागुथिका अध्यक्ष पञ्चनारायण महर्जनले कामपाको सहयोगमा बाजागाजा संरक्षणमा ठूलो सहयोग पुगेको बताए । सहकार्यलाई अझ नजिक बनाउँदा महानगर र समुदाय दुवैलाई फाइदा हुने उनको भनाइ थियो ।

गुँला बाजा व्यवस्थापन तथा संरक्षण सङ्घका अध्यक्ष अमिरमान शाक्यले बुद्धभूमि लुम्बिनीबाट काठमाडौँ आएका शाक्यहरूसँगै गुँला बाजाको संस्कार भित्रिएको बताए । गुँला बाजा समूहमध्ये चारुमती र जयबागेवरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्छन् भने अन्य २१ वटा समूहले स्वयम्भूको यात्रा गर्छन् ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?