Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

तिहारको मुखमा विदेशिने युवा भन्छन्ः अन्तरिम सरकारले देशमा रोजगारी सिर्जना गरोस्


काठमाडौँ। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नागरिकहरुको चाप उल्लेख्य रूपमा बढेको छ ।

पछिल्लो केही दिन यता दैनिक हजारौँ यात्रु वैदेशिक गन्तव्यतर्फ गइरहेका छन् । विमानस्थल अध्यागमन कार्यालयकाअनुसार तिहारको मुखमा रोजगारी, अध्ययन र अन्य कारणले विदेशिनेको संख्या बढ्दो छ । अधिकांश यात्रु खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया र अन्य श्रमिक गन्तव्यतर्फ प्रस्थान गरेका छन् । तिहारजस्तो सांस्कृतिक पर्वमा परिवारबाट टाढा हुनुपर्ने अवस्था एक पीडादायी भएको वैदेशिक रोजगारीका लागि देश छोड्दै गरेका युवा श्यामकुमार रैलाले बताए । अन्तरिम सरकारलाई देशमा रोजगारीको सृजना गर्ने वातावरणको निर्माणको व्यवस्था होस् भन्ने उनको सुझाव रहेको छ ।

उनले भने, ‘चाडबाडको मुखमा यसरी आफ्नो स्वदेशी भूमि छाडेर विदेशमा जानुपर्दा हरेक नेपालीलाई नराम्रौ लाग्छ, मलाई मात्र होइन । अब देशमा नयाँ सरकार गठन भएको छ । नयाँ नयाँ परिवर्तन हुँदैछ विस्तारै । अब हामी जस्तो पढेलेखेका युवाहरु देशलाई चाहिन्छ हामीलाई पनि थाहा छ त्यो । रोजगारीको वातावरण यो नयाँ आएको सरकारले हामीलाई व्यवस्था गरिदियोस् भन्ने हाम्रो चहाना हो । अब भएका दक्ष युवा शक्तिहरु नेपालमै हुन् भन्ने चाहीँ हाम्रो पनि कामना हो ।’

एकातिर देशमा तिहारको रौनक तयार हुँदैछ । अर्कातर्फ हजारौँ नेपालीहरू विमानस्थलमा परिवारको हात छोडेर आफ्नो भविष्य खोज्दै उडिरहेका छन् ।


प्रकाशित मिति: २ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?