Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रधानमन्त्री कार्कीको पनि सम्पती छानविन हुनुपर्छः वाइसिएल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) मा आवद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसियल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पती छानविन गर्न सरकारसँग माग गरेको छ ।

कार्की नेतृत्वको वर्तमान सरकारले पूर्वप्रधानन्यायाधीश समेत रहनुभएकी प्रधानमन्त्री कार्की पनि सम्पती छानविन हुनुपर्ने जिकिर गरेको हो । शुक्रवार अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त रुपमा पत्रकार सम्मेलन गरी वाइसियलका अध्यक्ष पुष्प ओलीले पूर्वप्रधानमन्त्रीहरुको मात्रै नभई पूर्वराजा, पूर्वराष्ट्रपति, राप्रपाका नेताहरुको पनि सम्पती छानविन गर्न सरकारलाई दबाब दिएका छन् । उनले भ्रष्टाचार गरेका सबैको सम्पती छानविन नभए आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिएका छन् ।

उनले भने, ‘वर्तमान प्रधानमन्त्रीको पनि सम्पती छानविन गर्नुपर्छ भन्ने हो हाम्रो । यो न्यायमूलक राज्य हो, समतामूलक राज्यको हो । त्यसकारण निष्पक्ष ढंगले सबैको छानविन हुनुप¥यो । वैरभाव राखेर, पक्षपात गरेर गरिने छानविनको हामीले विरोध गर्छौं । तर त्यसरी निष्पक्ष ढंगले गरिने छानविनको शुरुवात हाम्रो अध्यक्षबाटै होस् । हाम्रो अध्यक्षले पनि भन्नुभएको छ, हामीले पनि भन्छौ–माओवादीलाई झन छुट छैन । शहीदको रगतमाथि होली खेलेर भ्रष्टाचार गर्ने छुट छैन । जो कोही पनि भ्रष्टाचार संलग्न हुनुहुन्छ भने कारबाही हाम्रै नेताबाट शुरु गर्नुस् । कसैलाई पनि छोडन हामीले छुट दिने छैनौं । पूर्वराजा र राप्रपा पार्टीहरुको पनि किन घर जलेनन्, किन उनीहरुका पार्टी कार्यालय केही भएनन् ? यो पनि गम्भिर विषय छ । रास्वपाको पनि गम्भिर विषय छ । यी विषयहरु पनि निष्पक्ष ढंगले छानविन हुनुपर्यो।’

पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले सरकारले निर्वाचन गराउने म्याण्डेटअनुसार काम नगरेको भन्दै आपत्ति जनाएका छन् ।


प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?