Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

मधेसको चौथो मुख्यमन्त्रीको रुपमा जितेन्द्र सोनलद्वारा शपथ ग्रहण


काठमाडौँ। मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा जितेन्द्र सोनलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी छिन् । सोनलसँगै दुई जना विना विभागीय मन्त्रीले समेत शपथ ग्रहण गरेका छन्। जनमत पार्टीबाट महेश यादव र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कनिश पटेलले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् । सोनल बुधवार मधेसको चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका थिए । शपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री सोनलले आफू यो पद रमाइलो गर्न नआएको प्रतिक्रिया दिएका छन् । आफू मधेस प्रदेशका लागि र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत गर्नका लागि आफ्नो स्तरबाट हुनसक्ने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोनलले आफू मन्त्री पदमा रहँदा समेत घण्टौ काम गर्ने व्यक्ति रहेकाले अब मुख्यमन्त्रीको रुपमा जिम्मेवारी थप बढेकाले सो जिम्मेवारी वहन गर्ने बताए। जेन—जी आन्दोलनबाट युवाहरुले उठाउँदै आएका माग र जनमानसको अपेक्षा पूरा गर्न प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ३० आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?