Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मधेसको चौथो मुख्यमन्त्रीको रुपमा जितेन्द्र सोनलद्वारा शपथ ग्रहण


काठमाडौँ। मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा जितेन्द्र सोनलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी छिन् । सोनलसँगै दुई जना विना विभागीय मन्त्रीले समेत शपथ ग्रहण गरेका छन्। जनमत पार्टीबाट महेश यादव र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कनिश पटेलले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् । सोनल बुधवार मधेसको चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका थिए । शपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री सोनलले आफू यो पद रमाइलो गर्न नआएको प्रतिक्रिया दिएका छन् । आफू मधेस प्रदेशका लागि र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत गर्नका लागि आफ्नो स्तरबाट हुनसक्ने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोनलले आफू मन्त्री पदमा रहँदा समेत घण्टौ काम गर्ने व्यक्ति रहेकाले अब मुख्यमन्त्रीको रुपमा जिम्मेवारी थप बढेकाले सो जिम्मेवारी वहन गर्ने बताए। जेन—जी आन्दोलनबाट युवाहरुले उठाउँदै आएका माग र जनमानसको अपेक्षा पूरा गर्न प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ३० आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?