Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जनमत पार्टीका नेता सतिशकुमार सिंहद्वारा जनस्वराज पार्टीमा आवद्ध भएको घोषणा


काठमाडौँ। मधेस प्रदेशका कामचलाउ मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंह नयाँ दल जनस्वराज पार्टीमा औपचारिक रूपमा सनाखत भएका छन् ।

मधेसमा नयाँ सरकार गठनका लागि प्रक्रिया चलिरहेको समयमा सिंहले जनमत पार्टीबाट अलग भई नयाँ राजनीतिक यात्राको शुरुवात गरेका छन् । बुधवार मधेस प्रदेश निर्वाचन कार्यालयमा सनाखतका लागि पुगेका बेला जनमत पार्टीका कार्यकर्ताहरूले उनलाई रोक्ने प्रयास गरेका थिए । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत पक्षका कार्यकर्ताहरू झाडु र लट्ठी लिएर उपस्थित हुँदै सिंहको सनाखत रोकेर विरोध प्रदर्शन गरेका थिए ।

यस क्रममा सिंह पक्ष र राउत पक्षका कार्यकर्ताबीच केही समय तनावपूर्ण झडप समेत भएको छ । मुख्यमन्त्री सिंहसँगै जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री त्रिभूवन साहले पनि जनस्वराज पार्टीमा सनाखत गरेका छन् ।


प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?