Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबीच छुट्टा-छुट्टै भेटवार्ता


काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि. सि. मा विभिन्न दातृ निकाय र अमेरिकी उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुग्नुभएका खनालले अमेरिकी वाणिज्य प्रतिनिधिसँगको भेटमा नेपाल–अमेरिका व्यापार र लगानी प्रवद्र्धनका विषयमा विस्तृत छलफल गरेका छन् । सो अवसरमा उहाँले नेपाल ट्रेड प्रिफेन्स प्रोग्रामको म्याद थप गर्न अमेरिकी पक्षलाई आग्रह गरेका छन् । त्यसैगरी अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँगको भेटमा दुइ देशबीचको सम्बन्ध सुदृढ पार्ने र आपसी हितका विषयमा विचार–विमर्श भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री खनालले साउदी फण्ड र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । ती भेटवार्तामा नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउने विषयमा छलफल भएको थियो । साउदी फण्डका प्रतिनिधिले नेपालमा सिंचाई र जलविद्युत क्षेत्रमा निरन्तर लगानी रहने जानकारी दिएका छन् ।

जाइका प्रतिनिधिसँगको भेटमा विपी राजमार्ग पुनस्र्थापना, नागढुंगा सुरुङ मार्ग, र कोटेश्वर सेक्सन आयोजना छिटो अघि बढाउनेबारे समेत कुराकानी भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

उनकाअनुसार मन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया–प्रशान्त निर्देशक कृष्णा श्रीनिभासनसँग विस्तारित कर्जा कार्यक्रमको निरन्तरताबारे छलफल गरेका छन् । बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन, वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो अध्ययन, र वित्तीय स्थायित्व कायम राख्ने विषयमा समेत विचार आदान–प्रदान भएको पाण्डेले जानकारी दिएका छन् ।भेटवार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको पनि उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?