Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

काठमाडौं महानगरमा एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान


काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान गर्न शुरु गरिएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट उक्त प्रणाली जडान प्रारम्भ गरिएको हो । लैनचौरस्थित वडा कार्यालयमा ०९–लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै बुधवार वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ गरेका छन् । वडापछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग हुँदै प्लेट जडान गरिनेछ । प्रणाली खरिद तथा जडान कार्यका लागि वडाले आर्थिक वर्ष २०८१/८२ मा थालेको सार्वजनिक खरिद प्रक्रिया टुङ्गिएपछि प्लेट जडान थालिएको हो । वडा अध्यक्ष तिवारीले ४५ लाख रुपैयाँको लागतमा खरिद गरि डिजिटल हाउस नम्बरिङको शुरुवात गरेको जानकारी दिए । उनकाअनुसार यसअघि महानगरका घर नम्बरहरु मेट्रिक्स प्रणालीमा रहेका थिए । त्यसलाई समयानुकुल परिमार्जन गरी प्रविधिमैत्री बनाउनको लागि एनएफसि चिप्स प्रविधिमा आधारित प्रणालीको शुरुवात गरेको उनको भनाई छ । उनले यस प्रणालीले शान्ति सुरक्षा कायम गर्नमा सहज पुर्याउने बताए । जडान गरिएको ठेगाना प्लेटमा नेपाली स्थानीय कोडसँगै युनिभर्सल गुगल प्लस कोड राखिएको छ । प्लेट जडान भएका घरमा घरधनीहरुले प्लेटको फोटो पठाएमा क्युआर स्क्यान गरेर लोकेसनमा पुग्न सकिने उनले बताए ।

उनले भने, ‘काठमाडौं महानगरपालिकामा यो भन्दा पहिलाका घर नम्बरहरु मेट्रिक्स प्रणालीमा थियो । त्यसलाई समय अनुकुल, समय र प्रविधिमैत्री बनाउनको लागी २६ वडा कार्यलयले झन्डै ४५ लाख लागतमा खरिद प्रक्रियाद्वारा डिजिटल हाउस नम्बरिङ हामीले आजदेखि सुभारम्भ गर्न लागिरहेका छौँ । यो प्रविधिअनुसार घरको नम्बरहरु दिँदा हाम्रा नागरिकहरुलाई शान्ति सुरक्षादेखि लिएर यावद कुरा घरमा भएका घटनाहरुलाई आफ्नो शान्ति सुरक्षा कायम गर्नको लागी घरमा जुनसुकै कुरा हुँदा पनि नजिकको प्रहरी कार्यलय, नजिकको वडा कार्यलय, दमकल लगायतका कुराहरुमा सहजिकरण पनि यो सिष्टमले सहयोग पु¥याउछ । घर नम्बरबाट कसैले फोन गरेर पुलिसमा अथवा वडा कार्यलय अथवा दमकल जसलाई पनि समस्या पर्दा सम्झिन सक्नुहुन्छ, त्यो नम्बर भयो भने गुगलको माध्यमबाट हामी सहजै घर पहिचान गरेर तुरुन्तै जान पनि सक्छौँ ।’

६ हजार ८ सय ५० घर संख्या रहेको वडाभित्र कार्तिक मसान्तभित्र प्रणाली जडान गरिसक्ने योजना छ । यो कामको जिम्मा जेबिएस इन्फ्रास्ट्रक्चरले पाएको छ । एलमुनियममा लेजरमार्फत खोपेर तयार गरिएको एनएफसि ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेटलगायत सेवासँग सम्बन्धित ग्राहक नम्बर राखिएको छ । यसमा राखिएको आइडी नम्बर कतै दोहोरिँदैन । यो आइडी तथा ठेगाना, कोड अफ लाइनमा समेत खोज्न सकिने गरी बनाइएको छ । यस्तै नम्बर प्लेटमा राखिएको क्युआर कोडबाट फोहर संकलनको जानकारी दिन, कुनै सर्भे गर्न, स्थानीय स्तरबाट कुनै सूचना प्रवाह जस्ता अत्यावश्यक कामका लागि छिटो र न्युन लागतमा काम गर्न सकिन्छ ।


प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?