Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छः प्रधानमन्त्री कार्की


काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छिन्  ।

जेन—जी आन्दोलनको एक महिना पुगेको स्मरणमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले युवाहरुले गरेको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसाथ गर्नुपर्ने बताइन्।  क्रान्ति पछाडिको कारणलाई समेत गम्भीरताका साथ लिनुपर्ने बताइन्  । युवाहरुको बलिदान पछि राजनीतिक र आर्थिक सुधार, देशमा विधि र न्यायको शासनको अपेक्षा, देशमा भ्रष्टाचार र बेथितिको अन्त्य भएको हेर्ने चाहना रहेको बताएकी छिन्। एकातिर युवामा निराशा व्याप्त रहेको र अर्कोतिर देशप्रति उत्कट प्रेम रहेको बताउँदै उनीहरुको भावनालाई आफूले सम्मान गर्ने बताइन्  । विगतका सरकारहरुले युवाहरुका आवाज सुन्न र उनीहरुको माग सम्बोधन गर्न नसकेको आरोप लगाउँदै यसका लागि सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने बताएकी छिन्  । युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध रहेको बताउँदै नयाँ मार्गमा अघि बढिरहेको जिकिर गरेकी छिन्  ।

उनले भनिन् , ‘युवाहरुले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसाथ गर्न जरुरी छ । यो क्रान्ति पछाडिको कारणलाई समेत हामीले गम्भीरताका साथ लिनुपर्छ । हाम्रा युवाहरुको बलिदान पछि राजनीतिक र आर्थिक सुधारका तिब्र चाहना छन् । देशमा विधि र न्यायको शासनको अपेक्षा छ । देशमा भ्रष्टाचार र बेथितिको अन्त्य भएको हेर्ने चाहना छ । युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ । एकातिर हाम्रा युवामा निराशा व्याप्त छ भने अर्कोतिर देशप्रति उत्कट प्रेम छ । उनीहरुको भावनालाई म सम्मान गर्न चाहन्छु । विगतका सरकारहरुले युवाहरुका आवाज सुन्न सकेनन् । उनीहरुको माग सम्बोधन गर्न सकेनन् । यसका लागि हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ । हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध छौँ । नयाँ मार्गमा अघि बढिरहेका छौँ । यो मार्ग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ ।’

उनले राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी रहेको बताएकी छिन्  । आन्दोलनका पीडित र घाइतेहरुको उपचार र राहतका लागि विशेष कार्यक्रम अगाडि सारेको बताइन्  । उनीहरुको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको जिकिर गरेकी छिन्  । भ्रष्टाचार, बेरोजगारी, विभेद जस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्न प्रतिवद्ध रहेको बताइन्  । भविष्यको नेपाल निर्माणमा जेन जीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने बताएकी छिन्  ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?