Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

मन्त्री घिसिङद्वारा टियु मैदानको अवलोकनः एनपिएल अगावै सबै काम सक्न निर्देशन


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित निर्माणाधिन टियु क्रिकेट मैदानको निरीक्षण गरेका छन्  ।

बिहीवार अपरान्ह कीर्तिपुर पुगेर मन्त्री घिसिङले निर्माणाधिन टियु क्रिकेट मैदानको निरीक्षण गरेका हुन्  । सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पहिलो चरणको काम लगभग सकिएको पाएको बताए  । फ्लड लाइट राख्ने काम एक महिनाभित्र सक्ने प्रतिवद्धता आएको बताए । नेपाल प्रिमियर लिगको अगाडि पहिलो चरणको काम सक्ने बताएका छन्  । उनले करिव १२ हजार दर्शक बसेर हेर्न मिल्ने पारापिट बनेको बताए  । मैदान राष्ट्रिय महत्वको विषय भएको र दोस्रो र तेस्रो चरण भनेर पनि काम भइरहेको पाएको बताएका छन्  । मैदानको सम्पूर्ण काम सकिँदा २५ देखि ३० हजार दर्शक अट्नसक्ने बताए । राष्ट्रिय प्राथमिकतामा राखेर काम अघि बढाउने बताए  । एनपिएल अगाडि सबै काम सक्न पनि निर्देशन दिएका छन्  । एनपिएल मंसिर १ गतेबाट शुरु हुँदैछ । धेरै खेलकुदका पूर्वाधार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्  ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मैदान बन्ने क्रममा रहेको र नेपाल प्रिमियर लिगको लागि भनेर काम धमाधम भइरहेको बताएका छन्  । उनले फ्लड लाइटहरु नेपाल आइसकेको र जडान गर्न मात्रै बाँकी रहेको बताए  । खेल देशलाई जोड्ने माध्यम भएकाले राजनीति भन्दा बाहिर राख्नुपर्ने बताएका छन् ।

उनले मैदानको खेल्ने ग्राउण्ड पिच तयारी अवस्थामा रहेको बताएका छन्  । आगामी दुई हप्तामा मैदानको धेरै परिवर्तन आउने दाबी गरे  । कामको भरपाईहरु समयमै हुनपर्ने बताउंदै उनले नेपाली टिमले राम्रो लय समातेको उल्लेख गर्दै क्रिकेटले अब नयाँ बाटो समात्ने दाबी गरेका छन् ।


प्रकाशित मिति: २३ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?