Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

मन्त्री घिसिङद्वारा टियु मैदानको अवलोकनः एनपिएल अगावै सबै काम सक्न निर्देशन


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित निर्माणाधिन टियु क्रिकेट मैदानको निरीक्षण गरेका छन्  ।

बिहीवार अपरान्ह कीर्तिपुर पुगेर मन्त्री घिसिङले निर्माणाधिन टियु क्रिकेट मैदानको निरीक्षण गरेका हुन्  । सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पहिलो चरणको काम लगभग सकिएको पाएको बताए  । फ्लड लाइट राख्ने काम एक महिनाभित्र सक्ने प्रतिवद्धता आएको बताए । नेपाल प्रिमियर लिगको अगाडि पहिलो चरणको काम सक्ने बताएका छन्  । उनले करिव १२ हजार दर्शक बसेर हेर्न मिल्ने पारापिट बनेको बताए  । मैदान राष्ट्रिय महत्वको विषय भएको र दोस्रो र तेस्रो चरण भनेर पनि काम भइरहेको पाएको बताएका छन्  । मैदानको सम्पूर्ण काम सकिँदा २५ देखि ३० हजार दर्शक अट्नसक्ने बताए । राष्ट्रिय प्राथमिकतामा राखेर काम अघि बढाउने बताए  । एनपिएल अगाडि सबै काम सक्न पनि निर्देशन दिएका छन्  । एनपिएल मंसिर १ गतेबाट शुरु हुँदैछ । धेरै खेलकुदका पूर्वाधार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्  ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मैदान बन्ने क्रममा रहेको र नेपाल प्रिमियर लिगको लागि भनेर काम धमाधम भइरहेको बताएका छन्  । उनले फ्लड लाइटहरु नेपाल आइसकेको र जडान गर्न मात्रै बाँकी रहेको बताए  । खेल देशलाई जोड्ने माध्यम भएकाले राजनीति भन्दा बाहिर राख्नुपर्ने बताएका छन् ।

उनले मैदानको खेल्ने ग्राउण्ड पिच तयारी अवस्थामा रहेको बताएका छन्  । आगामी दुई हप्तामा मैदानको धेरै परिवर्तन आउने दाबी गरे  । कामको भरपाईहरु समयमै हुनपर्ने बताउंदै उनले नेपाली टिमले राम्रो लय समातेको उल्लेख गर्दै क्रिकेटले अब नयाँ बाटो समात्ने दाबी गरेका छन् ।


प्रकाशित मिति: २३ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?