Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

सरकारलाई महेश बस्नेतको चेतावनीः मलाई पक्राउ गरेर देखाउनुस्


काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् ।

एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साईवर व्युरोमा बयान दिए लगत्तै बुधवार उनले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौति दिएका हुन् । नेता बस्नेतले आफूहरुले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने बताए ।

उनले भने, ‘मलाई समातेर देखाउनुस् । विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरु देश र जनताको पक्षमा जेल जान आफू तयार भएपनि कसैले लगाएको आरोप सह्य हुँदैन । जेन जी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नहरुलाई कारबाहीको दायरामा ल्याओस् ।’

नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको बताएका छन्।


प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?