Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वभाविक वृद्धि


काठमाडौँ। गत शनिवार र आईतवारको अविरल वर्षाले तरकारी तथा हरियो सागको आपूर्ति प्रभावित हुँदा काठमाडौंको कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ ।

अविरलको वर्षासँगै पहिरो खस्दा उपत्यकासँग छिमेकी जिल्लाको सडक नेटवर्क अवरुद्ध हुँदा तरकारी भित्रिन नपाएको हरियो साग तथा तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको हो । सकडमार्ग अवरुद्ध भएको कारण गाउँका उत्पादकहरुले साग तथा तरकारी काठमाडौं ल्याउन पाएका छैनन् । सोही कारण सामान्यतया २ सय रुपैयाँ प्रतिकिलोमा उपलब्ध हुने तरकारीका मूल्य ६ सय रुपैयाँसम्म पुगेको छ । कालिमाटी तरकारी बजारका व्यवसायी रामकृष्ण दुवालकाअनुसार दशैँअघि दैनिक तीन–चार हजार केजी तरकारी तथा सागसब्जी कालिमाटी बजारमा भित्रिने भएपपनि दशैँको समयमा यो परिमाण घटेर दुई–तीन क्विन्टलमा झरेको थियो । जसले स्थानीय बासिन्दाहरूलाई समेत पर्याप्त रुपमा तरकारी उपलब्ध गर्न समस्या भएको उहाँको भनाइ छ । वर्षाले सडक तथा बाटोमा पानीको सतह बढाउँदा ग्रामीण क्षेत्रबाट तरकारीको पूर्णतः ढुवानी हुन नसकेकोले आपूर्तिमा समस्या भइरहेको उनको भनाइ छ ।

उनले भने,‘अविरल वर्षाको कारण दशैँ पछाडि बजार तरकारी आएन । त्यसकारण दशैँसँगै आएको अविरल वर्षाको कारण दुई सय पर्ने तरकारी किलोको ६ रुपैयाँसम्म पुगेको छ । धनिया मात्र पनि दशैँभन्दा पहिले दुई सय रुपैयाँमा पाइन्थ्यो । अहिले ८ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । पानी परेर गाउँबाट ल्याउन नसकिएकै कारण हरियो साग र तरकारीको भाउ दोब्बरभन्दा बढीले बढ्यो । दशैँमा तरकारीको आपुर्ती कम भयो । तीन चार हजार आउनुपर्ने तरकारी र सागहरु दशैंको समयमा दुई, तीन क्वीन्टल मात्र आयो । त्यो तरकारीले त यहाँको स्थानीयलाई पनि पुगेन । त्यो समयमा धनिया किलोको ८ सय, पालक किलोको ३ सय अनि गोलभेडा किलोको १ सय रुपैया पनि पुग्यो । त्यसकारण पाउँदै नपाउने अवस्था त भएन । तर आपूर्ति कम र माग बढी हुँदा महंगियो ।’

सडक सञ्जाल खुलेसँगै तरकारी आपूर्ति सहज हुने व्यवसायीहरुको विश्वास छ ।


प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?