Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

अख्तियार प्रमुख राईको राजीनामा माग गर्दै जेन-जी ले गर्यो आन्दोलन


काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामाको माग गर्दै जेन–जी युवाहरुले टंगालस्थित आयोगको कार्यालयमा प्रदर्शन गरेका छन् ।

प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरुको निष्पक्षतामाथि प्रश्न उठाउँदै राजीनामाको माग गर्दै उनीहरुले मंगलवार विहान आयोगको कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् । ‘जेन–जी मुभमेन्ट अलायन्स’का युवाहरुले सोमवार साँझ नै इमेलमार्फत राजीनामा दिन माग गर्दै दबाबमुलक पत्र समेत आयोगमा पठाएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका संवैधानिक आयोगका ५२ पदाधिकारीहरुको नियुक्ति समेत खारेज हुनुपर्ने माग राख्दै आएका छन् । राजीनामाको मागसहित निवेदन दर्ता गराएपछि अलायन्सका युवा रिजन रानामगरले प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्  ।

उनले भने , ‘हामीले प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तज्यूहरुको राजीनामाको माग गर्दै औपचारिक रुपमा निवेदन दर्ता गराएका छौं । यो भन्दा पहिले पनि हामीले सामाजिक सञ्जालमा राजीनामाको अभियान नै शुरु गरेका थियौं । हिजो हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इमेलमा र प्रधानमन्त्रीको कार्यालयसहितलाई बोधार्थ राखेर पत्र पठाएका थियौं त्यसैको औपचारिकताका लागि आज हामीले निवेदन दर्ता गराएका छौं ।’

अख्तियारमा दलका मान्छे नियुक्त गरिएको कारण भ्रष्टाचारको निष्पक्ष छानबिन हुनेमा शंका भएको कारण आयोगका पदाधिकारीहरु राजीनामा माग गरिएको उनीहरुको भनाइ छ । अख्तियारसहित केही कार्यालयहरुमा बिहानैदेखि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।


प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?