Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

स्थानीय सरकारसँग समन्वय गरी अलपत्र यात्रुको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयहरुसँग आग्रह


काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले स्थानीय सरकारसँग मिलेर जिल्ला प्रशासन कार्यालयलाई बाटोमा अलपत्र परेका यात्रुहरुलाई सुरक्षित राख्न आग्रह गरिएको बताएका छन् ।

वर्षा हुनुभन्दा पहिला नै हिँडिसकेका तर गन्तव्यमा पुगि नसकेकाहरुका लागि यस्तो निर्णय लिइएको बताउंदै उनले बाटोमा अलपत्र परेका यात्रुहरुको सुरक्षाका लागि सुरक्षित स्थानमा राख्ने, आवश्यक पर्ने खाद्यान्न, अन्य व्यवस्थापनको कार्य गर्न जिल्ला प्रशासन कार्यालयलाई स्थानीय सरकारस्ँग समन्वय गरेर काम गर्न आग्रह गरिएको बताएका छन् ।

उनले भने, ‘अगाडी नै हिँडिसकेका तर बाटोमा अड्किएका केही यात्रुहरु हुनुहुन्छ । उहाँहरुका सन्दर्भमा उहाँहरुलाई सुरक्षित राखिदिनका लागि, उहाँहरुलाई सुरक्षित स्थानमा राख्ने, आवश्यक पर्ने, खाद्यान्न र अन्य व्यवस्थापन गरिदिनका लागि सबै प्रमुख जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय सकरार र वडा सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्नका लागि हार्दिक अनुरोध गर्दछौँ ।’

उनले ४ सय मिलिमिटर भन्दा बढी वर्षा हुने अनुमान रहेको बताउंदै सुरक्षा निकायहरु देशभर सुरक्षार्थ परिचालन गरिएको जानकारी दिएका छन् ।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?