Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

स्थानीय सरकारसँग समन्वय गरी अलपत्र यात्रुको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयहरुसँग आग्रह


काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले स्थानीय सरकारसँग मिलेर जिल्ला प्रशासन कार्यालयलाई बाटोमा अलपत्र परेका यात्रुहरुलाई सुरक्षित राख्न आग्रह गरिएको बताएका छन् ।

वर्षा हुनुभन्दा पहिला नै हिँडिसकेका तर गन्तव्यमा पुगि नसकेकाहरुका लागि यस्तो निर्णय लिइएको बताउंदै उनले बाटोमा अलपत्र परेका यात्रुहरुको सुरक्षाका लागि सुरक्षित स्थानमा राख्ने, आवश्यक पर्ने खाद्यान्न, अन्य व्यवस्थापनको कार्य गर्न जिल्ला प्रशासन कार्यालयलाई स्थानीय सरकारस्ँग समन्वय गरेर काम गर्न आग्रह गरिएको बताएका छन् ।

उनले भने, ‘अगाडी नै हिँडिसकेका तर बाटोमा अड्किएका केही यात्रुहरु हुनुहुन्छ । उहाँहरुका सन्दर्भमा उहाँहरुलाई सुरक्षित राखिदिनका लागि, उहाँहरुलाई सुरक्षित स्थानमा राख्ने, आवश्यक पर्ने, खाद्यान्न र अन्य व्यवस्थापन गरिदिनका लागि सबै प्रमुख जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय सकरार र वडा सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्नका लागि हार्दिक अनुरोध गर्दछौँ ।’

उनले ४ सय मिलिमिटर भन्दा बढी वर्षा हुने अनुमान रहेको बताउंदै सुरक्षा निकायहरु देशभर सुरक्षार्थ परिचालन गरिएको जानकारी दिएका छन् ।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?