Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि सशस्त्रका २ हजार ६ सय ६१ जनशक्ति परिचालन


काठमाडौँ। सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ ।

शनिवार बिहानदेखि शुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न २६ सय बढी जनशक्ति खटाएको हो । सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सशस्त्र प्रहरी बलका नायव उपरीक्षक लक्ष्मण बस्नेतले ३ सय ३२ स्थानमा २ हजार ६ सय ६१ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटाएको बताएका छन् । विभिन्न नदी तटीय क्षेत्र, राजमार्ग, समुदायमा गएर माइकिङ गर्ने सचेतनाका लागिदेखि उद्धारका सामग्रीसहित परिचालन भइरहेको जानकारी दिए । हालसम्म कुनैपनि गम्भीर किसिमको घटनाको सूचना प्राप्त नरहेको पनि बताए । ५० मिटर जति नदीले सडक कटान गरेको ठाउँमा बाँसहरु लगाएर बोराहरु हाल्ने काम भएको बताए । १ सय २९ वटा ¥याफ्टिङहरु कोशी, गण्डकी, वागमती प्रदेशहरुमा, मधेस प्रदेशमा परिचालन गरिएको पनि बताए । उद्धार टोली र एम्बुलेन्सहरु सबै स्ट्याण्डबाइ राखिएको बताए । ६७ जिल्लाका विभिन्न स्थानहरुमा माइकिङ गरेर सचेत रहनका लागि अनुरोध गरिरहेको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत मनसुन सचेतनाका लागि सामग्रीहरु पठाएर सतर्क पारिएको बताएका छन् ।

उनले भने, ‘आजको दिनमा २ हजार ६ सय ६१ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई ३ सय ३२ स्थानमा खटाइएको छ । विभिन्न नदी तटीय क्षेत्र, राजमार्ग, समुदायमा गएर माइकिङ गर्ने सचेतनाका लागिदेखि उद्धारका सामग्रीसहित परिचालन भइरहेको छ । गम्भीर किसिमको घटनाको सूचना प्राप्त भइसकेको छैन । केही ठाउँहरुमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । ५० मिटर जति नदीले सडक कटान गरेको ठाउँमा बाँसहरु लगाएर बोराहरु हाल्ने काम भएको छ । १ सय २९ वटा ¥याफ्टिङहरु कोशी, गण्डकी, वागमती प्रदेशहरुमा, मधेस प्रदेशमा परिचालन भएको छ । एम्बुलेन्सहरु सबै स्ट्याण्डबाइ छ, उद्धार टोलीहरु तैनाथ छन् । ६७ जिल्लाका विभिन्न स्थानहरुमा माइकिङ गरेर सचेत रहनका लागि अनुरोध गरिरहेको अवस्था छ । सामाजिक सञ्जालमार्फत मनसुन सचेतनाका लागि सामग्रीहरु पठाउँदै आएको छ ।’

उनले ३ हजार ६ सय ३६ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई अहिलेको अवस्थामा विभिन्न उपकरणसँगै उद्धारमा जुट्न तयारी अवस्थामा रहन निर्देशन दिएको बताएका छन् । हिमाली क्षेत्रमा पुगेका पर्यटकलाई हिमपात हुनसक्ने पूर्वानुमानअनुसार सुरक्षित स्थानमा फर्किन आग्रह गरिएको पनि बताए ।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?