Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

शनिवार १ बजेसम्म पर्साको वीरगञ्जमा ११० मिलिमिटर वर्षा, शतर्क रहन आग्रह


पर्सा। वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले शनिवार १ बजेसम्म पर्सा जिल्लाको वीरगञ्जमा ११० मिलिमिटर वर्षा भएको बताएका छन् ।

शनिवार सिंहदरबारमा सञ्चारकर्मीहरुलाई अहिलेको अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन् । बाराको कलैयामा पनि १ सय मिलिमिटर वर्षा मापन भएको बताए । आसपासका केन्द्रहरुमा रौतहट, सर्लाही, मकवानपुर लगायतका जिल्लामा पनि ७५ मिलिमिटर भन्दा बढी वर्षा मापन भइसकेको जानकारी दिएका छन्। ३ दिनको दौरानमा करिव करिव ४ सय मिलिमिटरसम्म वर्षा हुने प्रक्षेपण गरिएको र सोही अनुपातमा वर्षा जारी रहेको बताएका छन् । आईतवार बेलुकासम्म मध्य क्षेत्रमा वर्षा निरन्तर जारी रहने र सोमवार बिहानसम्मै पूर्वी क्षेत्रमा वर्षा हुने बताए । खोलाहरुमा पानीको बहाव बढ्दै गएको भन्दै रेड अलर्ट जारी गरिएको बताएका छन् ।

उनले भने, ‘मनसुनको प्रवेश नेपालको पाँच वटा जिल्लाबाट दक्षिणी क्षेत्रबाट प्रवेश गरेको हो बारा, पर्सा, रौतहट, सर्लाही, चितवनमा भारी वर्षा भइरहेको छ । मकवानपुरल, काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, धादिङ र अन्य आसपासका जिल्लाहरुमा यसको फैलावट छ । यसको फैलावट थप विस्तार रुपमा पूर्वी क्षेत्रतर्फ विस्तार भइरहेको छ । सिन्धुली, दोलखा र रामेछापसम्म यसको विस्तार भइसकेको छ । कोशी पारी पनि केही मात्रामा पानी पर्न शुरु भएको छ । १ बजेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी वर्षा पर्सा जिल्लाको वीरगञ्जमा ११० मिलिमिटर मापन भएको छ । बाराको कलैयामा पनि १ सय मिलिमिटर वर्षा मापन भएको छ । आसपासका केन्द्रहरुमा रौतहट, सर्लाही, मकवानपुर लगायतका जिल्लामा पनि ७५ मिलिमिटर भन्दा बढी वर्षा मापन भइसकेको छ । ३ दिनको दौरानमा करिव करिव ४ सय मिलिमिटरसम्म वर्षा हुने प्रक्षेपण गरेका थियौँ । अहिले त्यही अनुपातमा वर्षा भइरहेको छ । भोलि बेलुकासम्म मध्य क्षेत्रमा वर्षा निरन्तर रहने देखिन्छ । पूर्वी क्षेत्रमा पर्सी बिहानसम्म वर्षा निरन्तर रहने देखिन्छ । खोलाहरु बढ्दै गएको अवस्था वागमती, काठमाडौं उपत्यकाका सबै खोलानालाहरु शतर्कताको तहमा पुगिरहेका छन् । वागमतीको तराईको क्षेत्रमा पनि बढ्दै गएको छ ।’

उनले कमला नदी जलाधारको क्षेत्रमा पनि शतर्कता तह पार गर्ने देखिएको, पूर्वराप्ती नदी जलाधार क्षेत्रमा पनि बाढीको जोखिम रहेको बताएका छन्। १२ घण्टामा सय मिलिमिटर वर्षा भइसकेको बताए। प्रतिघण्टा २५—३० मिलिमिटर वर्षा भइरहेको बताएका छन् ।

उनले रातिको समयमा र आईतवार जाखिम अत्याधिक रहेको पनि बताएका छन् ।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?