Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

लामो दूरीका र काठमाडौं उपत्यका भित्र बाहिर गर्ने सवारी साधनको आवतजावतमा रोक


काठमाडौँ। बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रबाहिर गर्ने सवारी साधनको आवतजावतमा रोक लगाउने निर्णय गरेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालन हुने लामो दूरीका सवारी साधन र काठमाडौं उपत्यका भित्रबाहिर गर्ने सवारी साधन मिति २०८२ असोज १८, १९ र २० गतेका लागि पूर्णरूपमा बन्द गरिएको छ । यो अवधिमा अत्यावश्यक सेवाबाहेक कुनै पनि सवारी साधन सञ्चालन नगर्न नगराउन भनिएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै “भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न सवारी आवागमन असोज १८, १९ र २० गतेका लागि पूर्णरूपमा बन्द गरिएको बताएको छ ।

यातायात व्यवसायीलाई अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई सवारी आवतजावत बन्द गराउन तथा निरन्तर अनुगमन र निगरानी गर्न प्राधिकरणले अनुरोध गरेको छ । यात्रुहरूलाई यो अवधिमा अत्यावश्यक बाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद्सम्बन्धी आधिकारिक सूचना रेडियो, टेलिभिजन, अनलाइन मिडिया र सामाजिक सञ्जालमार्फत प्राप्त गर्न आग्रह गरिएको छ ।

भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रभावकारी अनुगमन र व्यवस्थापनमा जोड दिइएको छ । सवारी साधन आवतजावतमा रोक लगाइएका कारण यात्रुहरूलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ। विपद्सम्बन्धी थप जानकारी र अद्यावधिक सूचनाका लागि जल तथा मौसम विज्ञान विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल ह्यान्डलहरूमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?