Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

लामो दूरीका र काठमाडौं उपत्यका भित्र बाहिर गर्ने सवारी साधनको आवतजावतमा रोक


काठमाडौँ। बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रबाहिर गर्ने सवारी साधनको आवतजावतमा रोक लगाउने निर्णय गरेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालन हुने लामो दूरीका सवारी साधन र काठमाडौं उपत्यका भित्रबाहिर गर्ने सवारी साधन मिति २०८२ असोज १८, १९ र २० गतेका लागि पूर्णरूपमा बन्द गरिएको छ । यो अवधिमा अत्यावश्यक सेवाबाहेक कुनै पनि सवारी साधन सञ्चालन नगर्न नगराउन भनिएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै “भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न सवारी आवागमन असोज १८, १९ र २० गतेका लागि पूर्णरूपमा बन्द गरिएको बताएको छ ।

यातायात व्यवसायीलाई अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई सवारी आवतजावत बन्द गराउन तथा निरन्तर अनुगमन र निगरानी गर्न प्राधिकरणले अनुरोध गरेको छ । यात्रुहरूलाई यो अवधिमा अत्यावश्यक बाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद्सम्बन्धी आधिकारिक सूचना रेडियो, टेलिभिजन, अनलाइन मिडिया र सामाजिक सञ्जालमार्फत प्राप्त गर्न आग्रह गरिएको छ ।

भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रभावकारी अनुगमन र व्यवस्थापनमा जोड दिइएको छ । सवारी साधन आवतजावतमा रोक लगाइएका कारण यात्रुहरूलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ। विपद्सम्बन्धी थप जानकारी र अद्यावधिक सूचनाका लागि जल तथा मौसम विज्ञान विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल ह्यान्डलहरूमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?