Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

कसरी मनाउने दशैं ?


काठमाडौं । दशैं नेपालीहरूको महान चाड मात्र नभई परिवार, संस्कृति र एकतासँग जोडिएको पर्व पनि हो । तर चाडपर्वमा हुने असन्तुलित खर्च, खानपान र जीवनशैलीले स्वास्थ्यदेखि सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्ने विशेषज्ञहरूको चेतावनी छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, दशैंको रमाइलो हर्षोल्लास बीच खानपानमा असावधानी हुँदा दीर्घरोगीदेखि सामान्य व्यक्तिसम्मलाई १६० भन्दा बढी रोगको जोखिम रहन्छ । उनले विशेषगरी काँचो मासु, भुटेको मासु, सेकुवा, छोइला तथा जंकफुडजस्ता परिकारले पाचन प्रणालीमा समस्या ल्याउने मात्र नभई दीर्घकालीन रूपमा क्यान्सर जस्ता गम्भीर रोग निम्त्याउन सक्ने बताएका छन्  ।

दशैंलाई सही तरिकाले मनाउने ५ उपाय :

सन्तुलित खानपान : मासु झोलिलो बनाएर, हरियो सागसागै खाँदा स्वास्थ्यमा लाभ हुन्छ ।

मितव्ययी खर्च : देखावटीभन्दा परिवारसँगको समयलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ ।

व्यायाम र नियमितता : दशैंमा पनि बिहानको मर्निङ वाक वा हल्का व्यायाम निरन्तरता दिनुपर्छ ।

सकारात्मक भेटघाट : रिसरागभन्दा टाढा रहँदै आफन्त, साथीभाइसँग सद्भावपूर्ण भेटघाट गर्नु चाडपर्वको सार हो ।

धार्मिक आस्था र परम्परा : दशैं केवल मासु र रमाइलो मात्र होइन, देवीप्रति श्रद्धा, परिवारप्रति जिम्मेवारी र संस्कृतिको जगेर्नासमेत हो ।

डा. बुढाथोकीले दीर्घरोगीलाई आफ्नो नियमित औषधि पहिले नै तयारी अवस्थामा राख्न सुझाव दिएका छन्  । साथै, सेतो मासु (कुखुरा, माछा) प्रयोग गर्ने बानीले स्वास्थ्यलाई तुलनात्मक रूपमा सुरक्षित बनाउने उनको भनाइ छ ।


प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?