Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कसरी मनाउने दशैं ?


काठमाडौं । दशैं नेपालीहरूको महान चाड मात्र नभई परिवार, संस्कृति र एकतासँग जोडिएको पर्व पनि हो । तर चाडपर्वमा हुने असन्तुलित खर्च, खानपान र जीवनशैलीले स्वास्थ्यदेखि सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्ने विशेषज्ञहरूको चेतावनी छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, दशैंको रमाइलो हर्षोल्लास बीच खानपानमा असावधानी हुँदा दीर्घरोगीदेखि सामान्य व्यक्तिसम्मलाई १६० भन्दा बढी रोगको जोखिम रहन्छ । उनले विशेषगरी काँचो मासु, भुटेको मासु, सेकुवा, छोइला तथा जंकफुडजस्ता परिकारले पाचन प्रणालीमा समस्या ल्याउने मात्र नभई दीर्घकालीन रूपमा क्यान्सर जस्ता गम्भीर रोग निम्त्याउन सक्ने बताएका छन्  ।

दशैंलाई सही तरिकाले मनाउने ५ उपाय :

सन्तुलित खानपान : मासु झोलिलो बनाएर, हरियो सागसागै खाँदा स्वास्थ्यमा लाभ हुन्छ ।

मितव्ययी खर्च : देखावटीभन्दा परिवारसँगको समयलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ ।

व्यायाम र नियमितता : दशैंमा पनि बिहानको मर्निङ वाक वा हल्का व्यायाम निरन्तरता दिनुपर्छ ।

सकारात्मक भेटघाट : रिसरागभन्दा टाढा रहँदै आफन्त, साथीभाइसँग सद्भावपूर्ण भेटघाट गर्नु चाडपर्वको सार हो ।

धार्मिक आस्था र परम्परा : दशैं केवल मासु र रमाइलो मात्र होइन, देवीप्रति श्रद्धा, परिवारप्रति जिम्मेवारी र संस्कृतिको जगेर्नासमेत हो ।

डा. बुढाथोकीले दीर्घरोगीलाई आफ्नो नियमित औषधि पहिले नै तयारी अवस्थामा राख्न सुझाव दिएका छन्  । साथै, सेतो मासु (कुखुरा, माछा) प्रयोग गर्ने बानीले स्वास्थ्यलाई तुलनात्मक रूपमा सुरक्षित बनाउने उनको भनाइ छ ।


प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?