Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

जेन-जी आन्दोलनः अस्पताल लैजाँदा र उपचारका क्रममा ४९ जनाले गुमाए ज्यान, ३८ जना अझै अस्पतालमा


काठमाडौँ। भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरुबाट उपचार लिएको सरकारले जनाएको छ ।

भ्रष्टाचार, बेथितिविरुद्ध जेन—जी पुस्ताले आन्दोलन गरेका थिए । जसमा देशभर विभिन्न स्थानमा झडप, तोडफोड, आगजनी भयो । जसमा ७६ जनाले ज्यान गुमाएका छन् । शुरुवातको समयमा देशभरका ८३ वटा अस्पतालले जेन जी आन्दोलनका घाइतेहरुको उपचार गरेको सरकारी तथ्यांक छ । कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले घाइतेहरुमध्ये केहीको भर्ना भएर शल्यक्रिया गर्नुपरेको बताएका छन् । केही सामान्य उपचार बसेको र केही अहिले पनि भर्नारत रहेको बताए । अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरुमा जेन जी घाइतेहरु उपचाररत छन् । जेन जी आन्दोलनमा घाइते भएकाहरुमध्ये अस्पतालमा पुग्दा पुग्दै वा अस्पतालमा नै उपचार हुँदाहुँदै मृत्यु भएको संख्या ४९ रहेको बताएका छन् । हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरु उपचाररत रहेको बताएका छन्।

उनले भने, ‘भदौको २३ र २४ गते जेन जीका साथीभाईहरुले गर्नुभएको जुन आन्दोलन थियो । त्यो आन्दोलनका क्रममा हालसम्म देशभरका विभिन्न स्वास्थ्य संस्थामा गएर उपचार लिने, केही भर्ना भएर शल्यक्रिया पनि गर्नुपरेको र केही सामान्य उपचार बसेको र केही अहिले पनि भर्नारत रहनुभएको छ । देशभरका झन्डै ८३ वटा अस्पतालहरुले शुरु शुरुमा जेन जीका घाइतेहरु हामी कहाँ आएर सेवा लिएको भनेर रिपोर्टिङ गर्नुभएको थियो । त्यो क्रमशः घट्दै गएर आजको दिनसम्म १० वटा स्वास्थ्य संस्थाहरुमा अहिले पनि त्यस आन्दोलनमा घाइते भएकहरुको स्वास्थ्यको उपचार भइरहेको छ । हालसम्म २ हजार ३ सय १६ जना घाइतेहरुले स्वास्थ्य संस्थाहरुबाट उपचार लिएको तथ्यांक छ । अस्पतालमा पुग्दा पुग्दै वा अस्पतालमा नै उपचार हुँदा हुँदै मृत्यु भएको संख्या ४९ छ । अस्पतालमा हाल १० वटामा ३८ जना घाइतेहरु उपचाररत हुनुहुन्छ । २ हजार २ सय २९ जना डिस्चार्ज भएर घर फर्किसक्नुभएको छ । एम्बुलेन्समार्फत त्यसबेला अस्पताल पुग्ने घाइतेहरु लगभग ९ सय ४७ जना हुनुहुन्छ ।’

उहाँले २ हजार २ सय २९ जना डिस्चार्ज भएर घर फर्किसकेको र जेन जी आन्दोलनमा ९ सय ४७ जना घाइतेहरु बोक्न एम्बुलेन्सको प्रयोग गरिएको बताएका छन् ।


प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?