Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सरकारी वकिलको पत्रपछि महेश बस्नेतमाथि साइबर अनुसन्धान तिव्र


काठमाडौँ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सामाजिक सञ्जालमा भएको आपत्तिजनक पोस्टको विषयमा थप अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ।

कार्यालयले नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसन्धान अधिकृतलाई पठाएको पत्रमा सोधपुछका क्रममा प्राप्त सूचनाका आधारमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख छ। पत्रअनुसार “Mahesh basnet fanclub” नामको फेसबुक पेजमार्फत नेपाली राजनीतिक नेताविरुद्ध अपमानजनक शब्द प्रयोग भएको र यसले विद्युतीय अपराधको सम्भावना देखिएकाले विस्तृत छानबिन गर्न आग्रह गरिएको छ।

पत्रमा फेसबुक पेजमा प्रयोग भएको “भालु” शब्दलाई लिएर भएको पोस्टबारे कानुनी आधारमा राय पेश गर्न समेत अनुरोध गरिएको छ। यसअन्तर्गत, पोस्ट सार्वजनिक गर्ने व्यक्ति र पेज सञ्चालकको पहिचान गरी आवश्यक कारबाहीका लागि तथ्य संकलन गर्न प्रहरीले कदम चाल्ने बताइएको छ।

जिल्ला सरकारी वकिल कार्यालयको यो पत्रसँगै प्रहरीले थप अनुसन्धान अघि बढाउने तयारी गरेको बुझिएको छ।


प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?