Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सरकारी वकिलको पत्रपछि महेश बस्नेतमाथि साइबर अनुसन्धान तिव्र


काठमाडौँ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सामाजिक सञ्जालमा भएको आपत्तिजनक पोस्टको विषयमा थप अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ।

कार्यालयले नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसन्धान अधिकृतलाई पठाएको पत्रमा सोधपुछका क्रममा प्राप्त सूचनाका आधारमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख छ। पत्रअनुसार “Mahesh basnet fanclub” नामको फेसबुक पेजमार्फत नेपाली राजनीतिक नेताविरुद्ध अपमानजनक शब्द प्रयोग भएको र यसले विद्युतीय अपराधको सम्भावना देखिएकाले विस्तृत छानबिन गर्न आग्रह गरिएको छ।

पत्रमा फेसबुक पेजमा प्रयोग भएको “भालु” शब्दलाई लिएर भएको पोस्टबारे कानुनी आधारमा राय पेश गर्न समेत अनुरोध गरिएको छ। यसअन्तर्गत, पोस्ट सार्वजनिक गर्ने व्यक्ति र पेज सञ्चालकको पहिचान गरी आवश्यक कारबाहीका लागि तथ्य संकलन गर्न प्रहरीले कदम चाल्ने बताइएको छ।

जिल्ला सरकारी वकिल कार्यालयको यो पत्रसँगै प्रहरीले थप अनुसन्धान अघि बढाउने तयारी गरेको बुझिएको छ।


प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?