Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

जनकपुरधामको शक्तिपीठहरुमा फूलपाती भित्र्याइयो


जनकपुरधाम । जनकपुरधामको शक्तिपीठहरुमा फूलपाती भित्र्याइएको छ ।

षष्ठी तिथिका दिन आमन्त्रित गरिएको बेलको फूल सप्तमी तिथिका दिन अर्थात आज टिपेर जनकपुरधामको राजदेवी मन्दिरमा फूलपाती भित्र्याइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको भगवतीको डोला जनकपुरधामस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा रहेको बेलको रुखबाट बेलको फल टिपी फुलपाती भित्र्याइएको हो । जसलाई मिथिलाञ्चलमा बेल तोडी विधि भनिन्छ ।

जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित राजदेवी मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा निस्केको भक्तजनहरुको समूहले बेलको रुखमुनि गएर हिन्दु परम्पराअनुसार पूजा अर्चना गरेर आमन्त्रित बेलको फल टिपेका थिए । निम्ता दिएको बेलको फललाई सप्तमी तीथिका दिन बिहान तोडेर ल्याई बली दिने परम्परा रहेको छ ।


प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?