Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

काठमाडाैँका मेयरले सिंहदरबारको फोहर उठाउँदिनँ भन्न मिल्छ कि मिल्दैन ?- गृहमन्त्री श्रेष्ठ


२७ चैत्र, चितवन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सिंहदरबारको फोहर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न  गरेका छन् । उनले चितवनमा पत्रकारहरूसँग बोल्दै उक्त प्रश्न गरेका हुन् ।

‘महानगरको मेयरले सिंहदरबारको फोहर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? अझ सार्वजनिक रुपमा सामाजिक सञ्जालमामार्फत् भन्न मिल्छ कि मिल्दैन ? त्यसले महानगरपालिका र स्वयम् मेयरलाई कुन ठाउँमा समाजको अगाडि प्रस्तुत गर्छ भन्ने त उहाँले नै सोच्नु पर्ने हो ।’ उनले भनेका छन् ।

उनले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गरिरहेको पनि दाबी गरेका छन् । लहडका भरमा औचित्य पुष्टि नहुने खालका काममा भने सङ्घीय सरकारले सहयोग नगर्ने पनि बताए ।

मेयर बालेनले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय नगरेको भनेर गुनासो गरिरहँदा गृहमन्त्री श्रष्ठेले उक्त अभिव्यक्ति दिएका हुन् ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?