Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

काठमाडाैँका मेयरले सिंहदरबारको फोहर उठाउँदिनँ भन्न मिल्छ कि मिल्दैन ?- गृहमन्त्री श्रेष्ठ


२७ चैत्र, चितवन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सिंहदरबारको फोहर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न  गरेका छन् । उनले चितवनमा पत्रकारहरूसँग बोल्दै उक्त प्रश्न गरेका हुन् ।

‘महानगरको मेयरले सिंहदरबारको फोहर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? अझ सार्वजनिक रुपमा सामाजिक सञ्जालमामार्फत् भन्न मिल्छ कि मिल्दैन ? त्यसले महानगरपालिका र स्वयम् मेयरलाई कुन ठाउँमा समाजको अगाडि प्रस्तुत गर्छ भन्ने त उहाँले नै सोच्नु पर्ने हो ।’ उनले भनेका छन् ।

उनले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गरिरहेको पनि दाबी गरेका छन् । लहडका भरमा औचित्य पुष्टि नहुने खालका काममा भने सङ्घीय सरकारले सहयोग नगर्ने पनि बताए ।

मेयर बालेनले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय नगरेको भनेर गुनासो गरिरहँदा गृहमन्त्री श्रष्ठेले उक्त अभिव्यक्ति दिएका हुन् ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?