काठमाडौँ। जेन–जी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि गठित छानबिन आयोगको सिफारिसमा सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गरेको छ।
सूचीमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, अनुसन्धान प्रमुख हुतराज थापा र तत्कालीन काठमाडौं निवर्तमान सीडीओ छवि रिजाल छन्। उनीहरूलाई पूर्वअनुमति बिना उपत्यका बाहिर जान पनि रोक लगाइएको छ।
यो निर्णयलाई नेकपा एमालेले “प्रतिशोधपूर्ण” भन्दै तत्काल फिर्ता लिन माग गरेको छ।
प्रकाशित मिति: १२ आश्विन २०८२, आईतवार