Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

फिलिपिन्समा एक हप्तामै पानीमा डुबेर मृत्यु ७२ जनाको


२७ चैत्र, एजेन्सी । फिलिपिन्समा यस महिनाको सुरुदेखि अहिलेसम्म डुबेर कम्तीमा ७२ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।

क्याथोलिक बहुल राष्ट्रमा राजधानी मनिलालगायतका शहरबाट लाखौं मानिसले परम्परागत रूपमा यो बिदा मनाउन र परिवारसँग समय बिताउन समुद्रको किनार क्षेत्र र त्यहाँ रहेका होटलमा प्रकृतिको मनोरम वातावरणको आनन्द लिन पुग्ने गर्छन् ।

फिलिपिन्सको राष्ट्रिय प्रहरी (पीएनपी) का प्रवक्ता कर्नेल जिन फजार्डोले कोरोना भाइरस नियन्त्रणका लागि वर्षौंदेखि जारी आवागमनमा लगाइएको प्रतिबन्धका कारण मृत्यु हुनेको सङ्ख्या ‘बदलाको यात्रा’ का कारण भएको बताएका छन् ।

फजार्डोले एएफपीसँग भने, “महामारीको लामो सास्तीपछि मानिसहरू समुद्र तट र रिसोर्टमा जानका लागि केही उत्साहित भए । धेरै मानिसको भीडमा केही दुःखद् घटनाहरू भएका हुन् ।”

मृतकको पहिचान तत्काल उपलब्ध नभए पनि फजार्दोका अनुसार मृत्यु हुनेमा पौडी खेल्ने क्रममा अभिभावकले बेवारिसे अवस्थामा छोडेका बालबालिका र मादक पदार्थ सेवन गरी समुन्द्री किनारमा पसेकाहरु रहेका छन् ।

फजार्डोले मृतकको सङ्ख्या ‘असामान्य’ र विगतका वर्षहरूको तुलनामा बढी भएको बताएका छन् ।

“रिसोर्ट र समुद्र तटहरू खचाखच भरिएका थिए । यसले पनि डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको हुनसक्छ,” उनले भने।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा अन्जानमा हुने चोटपटकका कारण हुने मृत्युको तेस्रो प्रमुख कारण पानीमा डुबेर मृत्यु हुने गरेको छ ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?