Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

जेन जी आन्दोलनले राजनीतिक दलमाथि प्रश्न खडा गरिदियो : माओवादी


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टी रुपान्तरण जरुरी रहेको बताएका छन् ।

बिहीवारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रिय कमिटीको बैठकका क्रममा प्रज्ञा परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेताहरुले यस्तो बताएका हुन् । उनीहरुले पार्टीलाई रुपान्तरण गर्नुको विकल्प नभएको बताए । भ्रष्टीकरणको कारणले राजनीतिक दलहरुप्रति जनताले विश्वास नगरेको जिकिर गरे । सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सुदन किराँतीले अब यथास्थितिमा पार्टी चल्न नसक्ने बताएका छन् । उनले प्रतिवद्धता गरेका कुराहरु व्यवहारतः लागू हुनुपर्ने बताए । जेन जी आन्दोलनले सबै पार्टीलाई विघटन गरेको भन्दै रुपान्तरणको विकल्प नरहेको बताएका छन् । समाप्त हुने की रुपान्तरण गर्ने भन्ने भन्दा अर्को मार्ग नरहेको बताए । जनतालाई अनुभुति हुनेगरी रुपान्तरित भएको महशुस गराउने गरी अघि बढ्नुपर्ने बताए । भ्रष्टाचारीहरुलाई यथासक्य कारबाही गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्नुपर्ने बताएका छन् ।

अर्का माओवादी केन्द्रका नेता माधव सापकोटाले बहुसंख्यक सदस्यहरुले विशेष महाधिवेशनको कुरा समय सान्दर्भिक रहेको उल्लेख गर्नुभएको जानकारी दिएका छन् । पार्टीमा जटिलता र कमजोरीहरु रहेको र रुपान्तरणको तयारी गर्नुपर्ने माग उठेको बताए । पदाधिकारीहरुले आफ्नो जिम्मेवारीअनुसार जस/अपजस लिनुपर्ने प्रश्ताव आएको बताएका छन् ।

अर्का नेता राम कार्कीले पार्टी नयाँ बनाउनका लागि कुनैपनि पुरानो चिजलाई आंशिक र आवधिक रुपमा भत्काउनुपर्ने बताएका छन् । अहिलेको पार्टीको संरचनामा आंशिक र आवधिक रुपान्तरण जरुरी रहेको बताए । मजदुर किसानको सम्बन्ध टाढिन दिन नहुने जिकिर गरेका छन्

उनले जेन जी आन्दोलनले राजनीतिक दलमाथि प्रश्न खडा गरिदिएको बताएका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?