Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

जेन जी आन्दोलनले राजनीतिक दलमाथि प्रश्न खडा गरिदियो : माओवादी


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टी रुपान्तरण जरुरी रहेको बताएका छन् ।

बिहीवारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रिय कमिटीको बैठकका क्रममा प्रज्ञा परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेताहरुले यस्तो बताएका हुन् । उनीहरुले पार्टीलाई रुपान्तरण गर्नुको विकल्प नभएको बताए । भ्रष्टीकरणको कारणले राजनीतिक दलहरुप्रति जनताले विश्वास नगरेको जिकिर गरे । सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सुदन किराँतीले अब यथास्थितिमा पार्टी चल्न नसक्ने बताएका छन् । उनले प्रतिवद्धता गरेका कुराहरु व्यवहारतः लागू हुनुपर्ने बताए । जेन जी आन्दोलनले सबै पार्टीलाई विघटन गरेको भन्दै रुपान्तरणको विकल्प नरहेको बताएका छन् । समाप्त हुने की रुपान्तरण गर्ने भन्ने भन्दा अर्को मार्ग नरहेको बताए । जनतालाई अनुभुति हुनेगरी रुपान्तरित भएको महशुस गराउने गरी अघि बढ्नुपर्ने बताए । भ्रष्टाचारीहरुलाई यथासक्य कारबाही गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्नुपर्ने बताएका छन् ।

अर्का माओवादी केन्द्रका नेता माधव सापकोटाले बहुसंख्यक सदस्यहरुले विशेष महाधिवेशनको कुरा समय सान्दर्भिक रहेको उल्लेख गर्नुभएको जानकारी दिएका छन् । पार्टीमा जटिलता र कमजोरीहरु रहेको र रुपान्तरणको तयारी गर्नुपर्ने माग उठेको बताए । पदाधिकारीहरुले आफ्नो जिम्मेवारीअनुसार जस/अपजस लिनुपर्ने प्रश्ताव आएको बताएका छन् ।

अर्का नेता राम कार्कीले पार्टी नयाँ बनाउनका लागि कुनैपनि पुरानो चिजलाई आंशिक र आवधिक रुपमा भत्काउनुपर्ने बताएका छन् । अहिलेको पार्टीको संरचनामा आंशिक र आवधिक रुपान्तरण जरुरी रहेको बताए । मजदुर किसानको सम्बन्ध टाढिन दिन नहुने जिकिर गरेका छन्

उनले जेन जी आन्दोलनले राजनीतिक दलमाथि प्रश्न खडा गरिदिएको बताएका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?