Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

टिचिङ पुगेर सञ्चारमन्त्री खरेलले भेटे जेन-जी आन्दोलनका घाइते


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरुसँग भेट गरेका छन् ।

शुक्रवार मध्यान्ह सञ्चारमन्त्री खरेल त्रिवी शिक्षण अस्पताल पुगेर जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई भेट गरेका हुन् । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । आन्दोलनमा गोली लागेर सयौँ घाइते भएका छन् । आन्दोलनकै उपलब्धिस्वरुप तत्कालीन केपी शर्मा ओली सरकार पतन भयो र अन्तरिम सरकारकी प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भएकी छिन् ।

कार्की मन्त्रीपरिषद्मा सञ्चारमन्त्रीको रुपमा खरेल नियुक्त भएका छन् । मन्त्री नियुक्त भएको केही दिनपछि उनले शुक्रवार जेन-जी आन्दोलनका घाइतेहरुसँग भेट गरेर उहाँहरुको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् । साथै घाइतेहरुको स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उनले घाइतेहरुको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने र जेन-जीको चाहनाअनुसार आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?