Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

टिचिङ पुगेर सञ्चारमन्त्री खरेलले भेटे जेन-जी आन्दोलनका घाइते


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरुसँग भेट गरेका छन् ।

शुक्रवार मध्यान्ह सञ्चारमन्त्री खरेल त्रिवी शिक्षण अस्पताल पुगेर जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई भेट गरेका हुन् । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । आन्दोलनमा गोली लागेर सयौँ घाइते भएका छन् । आन्दोलनकै उपलब्धिस्वरुप तत्कालीन केपी शर्मा ओली सरकार पतन भयो र अन्तरिम सरकारकी प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भएकी छिन् ।

कार्की मन्त्रीपरिषद्मा सञ्चारमन्त्रीको रुपमा खरेल नियुक्त भएका छन् । मन्त्री नियुक्त भएको केही दिनपछि उनले शुक्रवार जेन-जी आन्दोलनका घाइतेहरुसँग भेट गरेर उहाँहरुको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् । साथै घाइतेहरुको स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उनले घाइतेहरुको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने र जेन-जीको चाहनाअनुसार आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?