Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

राजनीतिक कनेक्शनले रोकिएका अपराध अनुसन्धानको काम तत्काल अघि बढ्छः गृहमन्त्री अर्याल


काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्शनको आधारमा रोकिएका सबै अनुसन्धानको कामहरु तत्काल अघि बढ्ने बताएकका छन् ।

शुक्रवार अपरान्ह नक्शालस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले सुशासन प्रवद्र्धनका लागि पहिलो शर्तको रुपमा सो कामलाई अघि बढाउने बताएका छन् । मन्त्री अर्यालले विगतमा राजनीतिक कनेक्शनको आधारमा भ्रष्टाचार बढेको उल्लेख गर्दै त्यसलाई तोडेर सरकार अघि बढ्ने पनि दोहोर्याएका छन् । त्यस अवसरमा उनले आफूले प्रचलित कानून बमोजिम कुनै पनि अनुसन्धानको कामलाई अघि बढाउन मातहतका सबै निकायलाई सचेत गराइएको पनि बताए । सरकारले सुशासनलाई कायम गरेर मुलुकमा तोकिएको मितिमा नै निर्वाचन गराउने योजनाका साथ काम गरिरहेको गृहमन्त्री अर्यालको भनाई थियो ।

उनले भने, ‘अब सुशासनको मामिलामा केही फड्को मार्नुपर्छ । सुशासन दिन नसकेको हुनाले यो भन्दा अगाडि सरकार र जनप्रतिनिधिहरुको म्यान्डेट बिचैमा भंग भयो । त्यसैले सुशासन पहिलो शर्त हो । यो सुशासनलाई हामीले कसरी प्रवद्र्धन गर्ने । थप अझै यसमा हाम्रो प्राथमिकताहरु के हुनुपर्छ तत्काल । र खास गरेर केही राजनीतिक कनेक्शसनको आधारमा सुशासनमा जसरी अवरोध आयो विगतमा । कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धानमा, भ्रष्टाचारको विषयहरुमा । जुन खालको अवरोध आईराखेको थियो । त्यो अवरोध अव हामीले फुकाउनु पर्छ भन्ने सन्दर्भमा मेरो त्यो आफ्नो अपेक्षा थियो । त्यो अपेक्षा अनुसारको निर्देशनहरु मैले यहाँ दिएको छु । बाँकि त अब यो कानून बमोजिम हुनेकुरा हो । अनुसन्धान गर्ने निकायले आफ्नो व्यवसायिकता प्रदर्शन गरेर कामलाई अगाढि बढाउनुपर्ने हुन्छ प्रचलित कानून बमोजिम । रोकिनुनपर्ने विषयहरु यदि रोकिएका छन भने र, कुनै नयाँ सुरुवात गर्नुपर्ने विषयहरु छन भने त्यसलाई तुरन्त अगाडि बढाउनुपर्छ भन्ने मेरो निर्देशन पनि भएको छ । यहाँ धेरै विषयबस्तुहरु छन् । मैले एउटा विषयवस्तु मात्रै मन्त्रीको हिसावले निर्देशन दिने अपेक्षा राख्ने गरेर हुँदैन । यहाँ धेरै विषयहरु छन सुशासनका लागि एउटा विषयमा मात्रै ध्यान दिएर हुँदैन । समग्र विषयमा ध्यान दिनुपर्छ । र बीचमा त अव हामीले सहकार्य गर्नका लागि पहिला वस्तुस्थिति बुझ्नुप¥यो । अव कसरी अगाडि बढ्ने भन्ने कुराको पर्याप्त छलफल भएको छ आज । पोलिटिकल कनेक्शनको आधारमा जे कुराहरु रोकिएको थियो । जे कुराहरु बिथोलिएको थियो । अव त्यस्तो हुँदैन । किनभने हाम्रो म्यान्डेट नै, यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासन नभएसम्म शान्ति सुरक्षा हुँदैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र निर्वाचन गर्न पनि सकिदैन नि । त्यसकारण हामीले सुशासन त दिनैपर्छ । हाम्रो म्यान्डेट नै हो ।’

गृहमन्त्री अर्यालले सरकारले मुलुकमा सुशासन कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने पनि बताएका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?