Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

चाडपर्वलाई मध्यनजर गर्दै जनकपुरमा १२ सय बढी सुरक्षाकर्मी परिचालन


काठमाडौँ। दशैँको समयमा हुनसक्ने सुरक्षा चुनौतिलाई मध्यनजर गरेर जनकपुरधाममा सुरक्षा मजबुत बनाइएको छ ।

दशैँमा हुने समयमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने र जनकपुरधाममा दशैँको समयमा सुरक्षा चुनौती थपिएको हो । जसकारण सुरक्षा मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ । दशैँलाई सुरक्षित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले नगरको विभिन्न प्रवेशद्वारमा चेक प्वाइन्ट, गाउँ गाउँमा गस्ती टोलीका साथै सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको छ । चाडवाडको समयमा सुरक्षाका लागि ८ सय ५ नेपाल प्रहरीका साथै ४ सय ५० सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले बताएका छन् ।

जनकपुरधाममा चाडवाडको समयमा अन्य समयको तुलनमा भीडभाड हुने भएकाले जिल्ला प्रहरीले नगरका साथै धनुषाका गाउँ गाउँमा सुरक्षा गस्ती बढाएको छ । यसका साथै कुनै त्यस्तो अवाञ्छित क्रियाकलाप देखिएमा प्रहरीलाई जानकारी दिन प्रहरी उपरीक्षक रेग्मीले आग्रह गरेका छन् । उनले शहरी क्षेत्रमा ५ मिनेट भित्र पुग्ने तथा ग्रामीण क्षेत्रमा १० मिनेट भित्र पुग्ने गरी तयारी गरिएको बताएका छन्।


प्रकाशित मिति: ९ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?