Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

माओवादी केन्द्र फरक धातुले बनेका मान्छेहरुको पार्टी होः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) फरक धातुले बनेका मान्छेहरुको पार्टी भएको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको भएपनि आत्मसमीक्षा गरेको र माओवादी केन्द्र फरक चिज भएको बताए । अरु जस्तै हो भनेर साम्रज्यवादी र प्रतिक्रियावादीले भाष्य बनाउन खोजेको भएपनि त्यो सत्य नभएको बताउदै जनभावना कसरी सम्बोधन गर्ने भन्नेमा नेतृत्व सजग रहेको बताउँदै जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहेको बताएका छन्। उनले अहिले भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा अझ राम्रो बनाउने गोरेटो र्को सकिने बताउदै कोही पनि निराश हुनुपर्ने जरुरी नरहेको भन्दै उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्न लाग्न आह्वान गरेका छन् ।

अध्यक्ष दाहालले भने, ‘अहिले भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा अझ राम्रो बनाउने गोरेटो कोर्नसक्छौँ । हामी कोही निराश हुन जरुरी छैन । हामी उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण पनि गर्ने, संविधानमार्फत स्थायित्व र विकासका निम्ति नयाँ संशोधनको तयारी पनि गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत पनि गर्ने आवश्यकता यति बेलाको हामी सबैको आवश्यकता हो । कम्तिमा पनि इतिहासको, वर्तमानको पनि समीक्षा गरेर हेर्न र माओवादी केन्द्र बीचमा थुप्रै कमी कमजोरी भएका छन् भनेर आत्मसमीक्षा गरेका छौँ । माओवादी केन्द्र फरक चिज हो, यो फरक धातुले बनेका मान्छेहरुको पार्टी हो । अरु जस्तै हो भनेर जो भाष्य साम्रज्यवादी र प्रतिक्रियावादीले बनाउन खोजेका छन्, त्यो होइन । त्यो होइन भनेर हामी सबैले उद्घोष गर्न सक्नुपर्छ । बाँकी के गरी सम्बोधन गर्ने जनभावना भन्नेकुरा नेतृत्व तपाईं हामीलाई थाहा छ, निरन्तरतामा क्रमभंगता भन्ने गरिएको छ । फेरि पनि जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहन्छ ।’

अध्यक्ष दाहालले संविधानमार्फत स्थायित्व र विकासका निम्ति नयाँ संशोधनको तयारी गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् ।


प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?