Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति सभामुख घिमिरेको असन्तुष्टि


काठमाडौँ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

बिहीवार संघीय संसद भवनको क्षतिग्रस्त संरचनाको अवलोकन गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो असन्तुष्टि राखेका छन् । प्रतिनिधि सभा विघटन नगरी त्यसैबाट समाधान खोज्दा राम्रो हुनेमा त्यस्तो हुन नसकेको उनको भनाइ छ । उनले जेन–जी पुस्ताको आन्दोलनको उद्देश्यको राम्रोसँग अध्ययन गरेर मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । आन्दोलनका क्रमममा मुलुकले व्यहोरेको क्षति दुःखदायी भएको भन्दै उहाँले सबैले एकआपसमा मिलेर मुलुकलाई ठिक ढंगले अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले भने, ‘यो आन्दोलन के हो ? गर्न खोजेको के हो ? सबैकुराहरु राम्रैगरी अध्ययन गर्नुपर्छ । हामीले जे व्यहोरिरहेका छौं त्यो ज्यादै दुःखद् कुरा हो । यसबाट उठेर ठिक ढंगले अगाडि जानुपर्ने हामी सबैको दायित्व छ । यो बेलामा सबै लागौं । यी सबै दुर्घटनाहरु नहुनुपथ्र्यो । मुलुकमा व्याप्त समस्याहरुलाई अलिक राम्रो ढंगले समाधान गर्न बाटाहरु खोज्न सकिन्थ्यो होला । त्यो हुन सकेन । प्रतिनिधि सभा विघटन नगरीकन यसैबाट समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो ।’

सभामुख घिमिरेले अन्तरिम सरकारको काँधमा ठुलो जिम्मेवारी रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?