Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

जेन-जी आन्दोलनमा निर्वाचन आयोग अन्तर्गतका ६ वटा कार्यालयहरुमा तोडफोड र आगजनी


काठमाडौँ। जेन जी आन्दोलनका क्रममा निर्वाचन आयोग अन्तर्गतका ६ वटा कार्यालयहरुमा तोडफोड र आगजनी भएको छ ।

भदौ २३ रु २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा यि घटनाहरु भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्रीहरु जलाइएको निर्वाचन आयोगका सहसचिव राजेन्द्र केसीले बताएका छन् । उनकाअनुसार प्रदेश निर्वाचन कार्यालय मोरङको कार्यालयमा तोडफोड र सामग्रीहरु चोरी भएको, जिल्ला निर्वाचन कार्यालय सप्तरीको कार्यालयमा आगजनी र सामान चोरी भएको साथै मोटरसाइकल जलाइएको छ । त्यस्तै जिल्ला निर्वाचन कार्यालय चितवनमा भवन तथा चारपाङ्ग्रे सवारी साधन आगजनी भइ पूर्ण रुपमा क्षति भएको छ । उनले प्रदेश निर्वाचन कार्यालय कास्कीमा चारपाङ्ग्रे सवारी साधन एउटामा आगजनी भइ पूर्ण क्षति भएको र अर्कोमा तोडफोड भएको, प्रदेश निर्वाचन कार्यालय दाङको भवनमा ढुंगामुढा गरी क्षति पुर्याइएको, मोटरसाइकल आगजनी भइ पूर्ण रुपमा क्षति भएको र जिल्ला निर्वाचन कार्यालय डडेलधुराको कार्यालय तोडफोड हुनुका साथै २ वटा मोटरसाइकल र कम्प्युटर, ल्यापटप जलेको बताएका छन् ।

माघ १५ भित्रै राष्ट्रिय सभाका १९ सिटको निर्वाचन गर्न सिफारिस
निर्वाचन आयोगले रुपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ३ को कार्तिक १७ गते हुनेगरी तय गरिएको उपनिर्वाचन रद्ध गरेको छ । मनाङ जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नम्बर २ को कार्तिक १७ गते हुनेगरी तोकिएको उपनिर्वाचन यथावत रहेको जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक तयारी शुरु गरिसकेको आयोगले जनाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने कार्यविधि, निर्देशिका, मापदण्ड बनाउन र निर्वाचन सामग्री, बजेट र जनशक्ति व्यवस्थापनका योजना तर्जुमा गर्ने कार्य शुरु भएको बताएको छ । फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभा सदस्य १९ सिटको निर्वाचन कानून बमोजिम रिक्त हुनु भन्दा ३५ दिनअघि माघ १५ भित्र सम्पन्न गर्न आयोगको परामर्शमा सरकारले मिति तोक्नुपर्ने माग आयोगको छ ।


प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?