Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

आगजनीले खण्डहर प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको फोहोर तत्काल हटाउन ऊर्जामन्त्रीको निर्देशन


काठमाडौँ।ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले जेन जी प्रर्दशनकारीहरुले आगजनीबाट खण्डहर बनेको प्रधानमन्त्री कार्यालयको फोहोर तत्काल हटाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मंगलवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको क्षतिग्रस्त संरचनाहरुको अवलोकन गर्ने क्रममा उहाँले मातहतका निकायलाई तत्काल त्यहाँको फोहोर व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहित अवलोकनमा पुगेका मन्त्री घिसिङले फोहोर सफा गर्ने र काम लाग्ने कोठाहरु रङ रोगन गरी सञ्चालनमा ल्याउने व्यवस्था तत्काल मिलाउन पनि सचेत गराएका छन् । उनले त्यहाँ जलेर काम नलाग्ने अवस्थामा पुगेका सवारी साधनहरु पनि उचित ठाउँमा व्यवस्थापन गर्न ढिलाई नगर्न भनेका छन् ।

मन्त्री घिसिङले भने, ‘यो फोहोर जति सबै सफा गरेर फालिदिउँ । जहाँ जहाँ काम हुँदैन, त्यहाँ छोपीदिउँ । यिनी रङ रोगन गरेर चलाई दिउ । यसलाई उठाएर लैजाने काम गरौं ।’

त्यस क्रममा मन्त्री घिसिङलाई शहरी विकास मन्त्रालयका सचिव सिग्देल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव शर्माले सिंहदरबार भित्रको फोहोर व्यवस्थापनको काम शुरु गरिएको र छिट्टै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका थिए ।


प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?