Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

एमाले नेताहरुले गरे सिंहदरबारलगायत क्षतिग्रस्त संरचनाहरुको अवलोकन


काठमाडौँ।नेकपा (एमाले)का नेताहरुले जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएको मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलगायत क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको अवलोकन गरेका छन् ।

मंगलवार पार्टीका निवर्तमान सांसदहरुले देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालत लगायतका क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको अवलोकन गरेको सचिव गोकर्ण बिष्टले बताए । उनले अधिकांश सार्वजनिक संरचनाहरु पूर्णरुपमा ध्वस्त अत्यन्तै दुःखद् भएको बताएका छन् । सिंहदरबारको भवनसहित महत्वपूर्ण ऐतिहासिक दस्तावेज समेत ध्वस्त भएको हुनसक्ने उनको अनुमान छ । उनले सार्ववजनिक संरचनामा आगजनी र तोडफोड गर्ने जेनजी पुस्ताको चाहाना हुन नसक्ने भन्दै आन्दोलनमा घुसपैठ भएको आशंका गरेका छन् । उनले घटनाको सत्यतथ्य छानविन गरी तोडफोड र आगजनीमा संलग्नहरुलाई आवश्यक कारबाही गर्न समेत माग गरेका छन् ।

उनले भने, ‘प्रतिनिधि सभाका निवर्तमान प्रतिनिधिहरु र नेताहरुले सिंहदरबारको मुख्य कार्यालयसहित क्षतिग्रस्त ठाउँहरुको अवलोकन गर्यौं । अधिकांश ठाउँमा संरचनाहरु ध्वस्त भएका छन् । सिंहदरबारमा रहेका ऐतिहासिक दस्तावेजहरु समेत ध्वस्त भएको हामी अनुमान गर्न सक्छौं । त्यसबाहेक, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, संसद भवन र देशका महत्वपूर्ण सार्वजनिक संरचना, निजी सम्पती र व्यवसायीक संरचनाहरु ध्वस्त भएका छन् । यो अवस्था निकै दुःखदायी छ । यो भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्ने त्यो जेनजी पुस्ताको चाहाना थिएन होला । यसमा को को शक्तिहरु घुसे र के कारणले यस्ता घटनाहरु घटे ? भन्ने विषयमा छानविन गरेर दोषिहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । युवा पुस्ताको मागका आधारमा हामी परिमार्जित भएर जाने कुरामा पनि हामीले गम्भिरताका साथ ध्यान दिनुपर्छ । आन्दोलनको क्रममा ज्यान गुमाउने युवाहरुप्रति पनि म हार्दिक श्रदाञ्जली व्यक्त गर्न चाहन्छु ।’

सचिव बिष्टले आन्दोलनको क्रममा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली व्यक्त समेत गरेका छन् । उनले युवा पुस्ताको चाहनाअनुसार राजनीतिक दलहरु परिमार्जन हुने कुरालाई सबैले गम्भीर रुपमा लिनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?