Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

भारतमा कति छ बाघको संख्या ?


२७ चैत्र, एजेन्सी । भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले जनाएको छ। बाघको सङ्ख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजातिको संरक्षणको प्रयासमा सरकार सफल भएको बताएको छ। बिरालो प्रजातिहरूमध्ये सबैभन्दा ठूलो बाघका लागि कुनै समय मध्य, पूर्वी र दक्षिणी एसिया महत्वपूर्ण क्षेत्र मानिन्थ्यो।

आइयुसीएनका अनुसार विगत १०० वर्षमा बाघले आफ्नो ऐतिहासिक दायराको ९३ प्रतिशतभन्दा बढी हिस्सा गुमाइसकेको छ र अहिले १३ देशमा सिमित सङ्ख्यामा छरिएर मात्र बाघको अस्तित्व जोगिएको छ। भारतीय गणनाअनुसार देशभर तीन हजार १६७ वटा बाघ रहेका छन् भने यस पहिलेको गणनामा यो सङ्ख्या दुई हजार ९६७ थियो। विश्वभर प्रत्येक चार वर्षमा क्यामेरा ट्रयाप र कम्प्युटरको प्रयोग गरेर प्रत्येक प्राणीको पहिचान गर्न सर्वेक्षण गरिन्छ।

अघिल्लो चार वर्षमा ३० प्रतिशतभन्दा बढी वृद्धि दर रहेकोमा यो अवधिमा यो दर घटेर सात प्रतिशतभन्दा कममा झरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ सङ्ख्यालाई ‘गर्वको क्षण’ भनेका छन्। ‘हाम्रो परिवार विस्तार भइरहेको छ,’ उनले दक्षिणी शहर मैसूरुमा आयोजित एक समारोहमा भने। ‘यो भारतका लागि मात्र नभइ विश्वकै लागि गर्वको विषय हो।

वन फँडानी, अवैध शिकार र वासस्थानमाथिको मानव अतिक्रमणका कारण एसियाभरि बाघको सङ्ख्या नष्ट भएको छ तर मोदीले भने, ‘जनताको सहभागिता र देशको संरक्षणको संस्कृति का कारण भारतले बाघको सङ्ख्या बढाउन भारत सफल भएको छ।’

अहिले विश्वमा बाघको सङ्ख्याको ७५ प्रतिशत हिस्सा भारतमै रहेको र ‘विश्वकै सबैभन्दा ठूलो बाघ रेन्ज भएको देश’ रहेको उनले बताए। सन् १९०० मा एक लाख भन्दा बढी बाघहरू यस ग्रहमा घुमिरहेको अनुमान गरिएको थियो। तर सन् २०१० मा यो सङ्ख्या तीन हजार २०० मा झरेको थियो। सन् २०१० मा भारत र बाघको सङ्ख्या भएका अन्य १२ देशले सन् २०२२ सम्ममा पाटे बाघको सङ्ख्या दोब्बर बनाउने सम्झौतामा हस्ताक्षर गरेका थिए। सन् १९४७ मा बेलायतबाट स्वतन्त्र हुँदा भारतमा बाघको सङ्ख्या करिब ४० हजार रहेको अनुमान गरिएको छ।

त्यसपछिका दशकहरूमा यो सङ्ख्या घटेर सन् २००२ मा तीन हजार ७०० पुगेको थियो। चार वर्षपछि यो सङ्ख्या एक हजार ४११ मा झरेको थियो। विश्व वन्यजन्तु कोष–भारत (डब्ल्यूडब्ल्यूएफ–इन्डिया) तथा वासस्थान कार्यक्रमका निर्देशक दीपाङ्कर घोषले एएफपीसँग भने, ‘एकातर्फ बाघको सङ्ख्यामा पछिल्लो वृद्धि उत्साहजनक छ। अर्कोतर्फ यसले हामीलाई यो पनि बताउँछ कि अब हामी प्रत्येकले क्षयभएको वासस्थानको पुनस्र्थापना गर्न, करिडोरमार्फत बाघको सुरक्षित आवागमन सुनिश्चित गर्न र सहअस्तित्वलाई बढावा दिन अझ कडा परिश्रम गर्न आवश्यक छ।’


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?