Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइन्छः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइने बताएका छन् ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडा अनुगमनका लागि पुगेका अध्यक्ष दाहालले यस्तो घोषणा गरेका हुन् । उनले पार्टी कार्यालयमा ठूलो क्षति पुगेको तर सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइने बताए । उनले पार्टीका माइन्युटहरु बँचेको र पुस्ताकालय बँच्नु राम्रो पक्ष भएको बताएका छन् ।

उनले भने, ‘पार्टी काार्यलयका सबै कोठाहरुको अवलोकन हामीले गरयौं। निकै ठूलो क्षति भएको देख्यौँ । पार्टीका माइन्युटहरु बँचेको भन्ने सुनेँ, त्यसको लागि यहाँ काम गर्ने साथीहरुलाई धन्यवाद छ । केही कम्प्युटर, लाइबेरी र केही रेकर्डहरु बँचेको रहेछ, त्यो बचाउन भुमिका खेल्नेहरुलाई पनि धन्यवाद । क्षति त पुग्यो तर अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइनेछ ।’

जेन जी आन्दोलनका क्रममा आन्दोलनकारीले माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए ।


प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?