Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सार्वजानिक तथा व्यक्तिगत सम्पतीमाथि क्षति गर्नु अपराध हो, देशलाई नष्ट गर्ने काम नगरौँः गृहमन्त्री अर्याल


काठमाडौँ। गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेन जी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन् ।

गृहमन्त्री अर्यालले मंगलवार उक्त कार्यालयको अनुगमन गरेका हुन् । कार्यालयको अनुगमन गर्दै उहाँले देशलाई नष्ट गर्ने काम कसैले गर्न नहुने बताएका छन् । सार्वजानिक तथा व्यक्तिगत सम्पतीमाथि क्षति गर्नु अपराध भएको उनको भनाई छ । उनले हाल भएको क्षतिलाई व्यहोर्दै अगाडी बढ्ने समेत उल्लेख गरेका छन् । उनले तत्काललाई भौतिक पुनःनिर्माण भन्दा पनि आचरण र पद्धतिको पुनःनिर्माण गर्ने बताएका छन् । उनले जतिसुकै कठिन भएपनि व्यहोर्नुपर्ने उल्लेख गर्दै त्यहीबाट उठ्ने बताएका छन् ।

उनले भने, ‘हामी नेपाली हौँ । यो हाम्रो मातृभूमी हो । जतिसुकै कठिन भएपनि हामीले व्यहोर्नैपर्छ । त्यहीबाटै उठ्ने हो । त्यसकारणले अब केही कुरामा धैर्यता राख्नुपनि पर्ला । यो सबैकुरा सोचेर खास गरेर हामी सबैको उद्देश्य एउटै छ, भावना एउटै छ । अव यसरी चाहीँ देशलाई नष्ट पार्ने काम चाहीँ कसैले गर्नुहुँदैन । जसले गरिरहनुभएको छ, यो चाहीँ बेठिक गर्नुभएको छ । यसमा त कुनै दुईमत छैन नी, यो संरचना ध्वस्त गरेको कुरा जसरी नी बेठिक भयो नी त । सार्वजानिक सम्पती, निजी सम्पती यो बेठिक भएको छ नी । त्यसकारणले हामीले यो बेठिक भइरहेकोलाई बेठिक नै मान्छौँ र जे अहिले छ त्यो व्यहोर्छौँ अहिले हामी र जे छ त्यहाँबाट जर्गेना गर्दै अगाडी बढ्नेछौँ । फेरि तुरुन्तै गर्ने भनेर हात फैलाउँदै जाँदाखेरि पनि कहिलेकाही हाम्रो राष्ट्रिय अस्मितामा केही कमी भयो कि भन्ने पनि भाष्यहरु छन् । अब यो चाहीँ पुनःनिर्माण त भौतिक पुनःनिर्माणको मात्रै कुरा नभएर अरु हाम्रो आचरण पद्धतिको पनि पुर्ननिर्माण हुनसक्छ अहिले ।’

उनले क्षतिग्रस्त भएको कार्यालयको मूल्याङ्कनको लागि कार्यदल बनाउने जानकारी दिएका छन् । सोही कार्यदलको प्रतिवेदनको आधारमा बजेट छुट्याएर पुनःनिर्माण गर्ने उनको भनाई छ । उनले केही भवनलाई मर्मत मात्रै गरे पुग्ने देखिएको र केहीको भत्काएर पुनःनिर्माण गर्नुपर्ने देखिएको बताए । उनले क्षतिग्रस्त सबै संरचनाहरुको राष्ट्रिय योजना आयोग, विपद् व्यवस्थापन प्राधिकरण र अर्थ मन्त्रालयसँग छलफल गरेर पुनःनिर्माण गर्ने जानकारी दिएका छन् ।


प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?