Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

संसद विघटनसँगै ३० वटा विधेयक निष्क्रिय, छैन राष्ट्रिय सभाको बैठक बोलाउने तयारी


काठमाडौँ। संसद विघटन भएसँगै राष्ट्रिय सभा र प्रतिनिधि सभामा रहेका ३० वटा विधेयकहरु निष्क्रिय भएका छन् ।

२७ भदौमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका थिए । प्रतिनिधि सभा विघटन भएसँगै प्रतिनिधि सभामा उत्पत्ति भएका तथा राष्ट्रिय सभामा उत्पत्ति भएर प्रतिनिधि सभामा विचाराधिन विधेयकहरु संवैधानिक व्यवस्थाअनुसार स्वतः निष्क्रिय भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन् । उनकाअनुसार संविधान धारा १११ को उपधारा १० अनुसार संघीय संसदका दुवै सदनमा विचाराधिन ३० वटा विधेयक निष्क्रिय भएका छन् । जसमध्ये राष्ट्रिय सभामा उत्पन्न ७ वटा विधेयक र प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेका ७ वटा विधेयक पनि निष्क्रिय भएका छन् । यसरी निष्क्रिय हुने विधेयकहरुमा २७ वटा सरकारी तथा ३ वटा गैरसकारी रहेका छन् । प्रवक्ता गिरीले हाल राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामै रहेका पाँच वटा विधेयक भने यथावत रहेको बताएका छन् ।

प्रवक्ता गिरीले भने, ‘नेपालको संविधान बमोजिम संघीय संसदबाटै कानूनहरु बन्ने हो । कानून निर्माणमा दुवै सभाको भुमिका हुन्छ । अब प्रतिनिधि सभाको विघटन भइसकेपछि प्रतिनिधि सभामा उत्पत्ति भएका सबै विधेयकहरु निष्क्रिय भए । प्रमाणिकरण भएर कार्यान्वयनमा आएका त आए नै । बाँकी जति पनि विधेयकहरु विचाराधिन अवस्थामा थिए ती सबै विधेयकहरु स्वतः निष्क्रिय भए । राष्ट्रिय सभामा उत्पत्ति भएपनि विधि निर्माणको प्रक्रियामा प्रतिनिधि सभामा रहेका विधेयकहरु समेत सबै निष्क्रिय भए । अहिले ३० वटा विधेयकहरु निष्क्रिय भए । अहिले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा रहेका ५ वटा विधेयकहरु यथावत रहेका छन् ।’

संघीयता र संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएका विधेयकहरु निष्क्रिय हुँदा संसदको समय र स्रोतको व्यापक खर्च भएको उनको भनाइ छ । उनले कानून निर्माणमा समय, जनशक्ति र स्रोत खर्च हुने उल्लेख गर्दै यसले विधायिकी कामहरुमा ठूलो प्रभाव पाने समेत बताए । मध्यावधिमार्फत आउने संसदले निष्क्रिय विधेयकको आधारमा नयाँ विधेयक अगाडि बढाउनुपर्ने र त्यसको लागि सम्बन्धित मन्त्रालयले प्रश्ताव गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘विधि र कानून निर्माण प्रक्रिया जटिल र महंगो पनि छ । विधेयकको मस्यौदा लेखन प्रक्रियामा नै धेरै मेहेनत र खर्च भएको हुन्छ । समय, स्रोत र जनशक्तिको पनि खर्च भइरहेको हुन्छ । संसदको कार्यसूचीमा विधेयक चढिसकेपछि पनि संसद र संसदीय समितिको बैठकमा पनि खर्च हुन्छ । अब निष्क्रिय भएका विधेयकहरुलाई आधारको रुपमा लिएर नयाँ विधेयकको मस्यौदा सम्बन्धीत मन्त्रालयले संसदमा लैजानुपर्ने हुन्छ ।’

प्रतिनिधि सभा विघटन हुँदा सरकारले अध्यादेश ल्याउन सक्छ कि सक्दैन ?
संघीय संसदका दुवै सभाहरु सुचारु नभएको अवस्थामा आवश्यकताअनुसार सरकारले अध्यादेश ल्याउनसक्ने संवैधानिक व्यवस्था रहेको छ । प्रवक्ता गिरीले प्रतिनिधि सभा विघटन भएको तथा राष्ट्रिय सभाको अधिवेशन समेत अन्त्य नभएको अवस्थामा तत्काल अध्यादेश ल्याउन नसकिने बताउए । यद्यपि राष्ट्रिय सभाको अधिवेशन अन्त्य भइसकेपछि सरकारले आवश्यकता महशुस गरेमा अध्यादेश जारी गर्न संविधानले नरोक्ने उनको भनाइ छ ।

उनले भने, ‘अध्यादेश कस्तो अवस्थामा आउने भन्ने कुरा संविधानमा स्पष्ट नै छ । संघीय संसदका दुवै सभाहरुको अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक छ भन्ने लागेमा सरकारले अध्यादेश ल्याउन सक्ने संविधानको व्यवस्था हो । अहिले प्रतिनिधि सभाको विघटन भएको र राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छैन । स्थायी सदनको पनि अधिवेशन अन्त्य भएको अवस्थामा अध्यादेश आउनै नसक्ने भन्ने हुदैन ।’

उनले संघीय संसद भवन आगजनी र तोडफोडबाट जिर्ण भएको उल्लेख गर्दै तत्काल राष्ट्रिय सभाको बैठक बोलाउनेबारे केही तयारी नभएको समेत बताए । जेन–जी पुस्ताको २३ र २४ भदौको आन्दोलन उग्र भएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार च्युत भएको थियो । जेन–जी पुस्ताको प्रश्तावमा सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि संघीय संसदको प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए ।

प्रतिनिधि सभा विघटन भएसँगै प्रशासनिक संघीयतासहित संविधान कार्यान्वयनको लागि महत्वपूर्ण मानिएका विधेयकहरु स्वतः निष्क्रिय भएका छन् ।


प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?