Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

जेन जी आन्दोलनमा अधिक बल प्रयोग भयो, निष्पक्ष छानविन गर्नुपर्छः गृहमन्त्री अर्याल


काठमाडौँ। गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानविन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

सोमवार सिंहदरवारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरुलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन् । जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानूनी राज्यको प्रत्याभुति दिलाउन पनि सरकारले सो क्रममा भएको बल प्रयोगको घटनाको निष्पक्ष छानविनको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको गृहमन्त्री अर्यालको भनाई थियो । उनले जेनजी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै त्यसक्रममा भएका भएका जनधनको क्षतिलाई सबैले मिलेर सम्बोधन गर्नुपर्ने बताउदै गृहमन्त्री अर्यालले नयाँ पुस्ताको मागअनुसार अघि बढन पनि कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

उनले भने, ‘सबैभन्दा पहिलो प्राथमिकताको रुपमा जसको मृत्यु भयो । शवको व्यवस्थापन गर्नुपर्छ । उनीहरुको परिवारलाई के के सहयोग गर्नुपर्छ । घाइतेहरुको त उपचार नै गर्नुपर्यो । घाइतेलाई कुर्नेहरुको सम्बन्धमा पनि त्यही अनुसार गर्नुप¥यो । उहाँहरुलाई राज्यले शहीद घोषणा गरिसकेको छ । शहीद घोषणा गरिसकेपछि त्यहीअनुसार मान र सम्मान पनि दिनुप¥यो । त्यसमा पनि हामीले केही प्रक्रिया अघि बढाईसकेका छौं । शोक दिवस मनाउने लगायतका कुराहरु छन । यी सबै कुराहरुलाई हेर्दा राज्यले पीडितलाई र उहाँहरु सरिक भएर गरिएको जनबिद्रोहलाई पूरापुर देशको राष्ट्रपति संस्थादेखि लिएर सबैले यसलाई स्विकारी सकेको अवस्था भएको हुनाले यो कुरा सबैलाई अनुभूति गराउनु पर्छ । किनभने हामी हरेक चोटी जनआन्दोलन सफल भएपछि ट्रान्जिक्शन र त्यसपछिको अवस्थामा यो खालको भाष्यमा केन्द्रित भएका हुन्छौं । विगतमा पनि त्यही हो, अहिले पनि त्यही हो । त्यसकारणले युद्ध हुन्छ । युद्धको कानून हमेशा हुन्छ । अव यहाँ सुरक्षा क्षेत्रकै सरहरु, म्याडमहरु हुनुहुन्छ । अव कहीँ विद्रोह छ भने त्यसको पनि आफ्नो कानून हुन्छ । कति गर्न पाउने, नपाउने भन्ने हुन्छ । त्यस स्थितिलाई सामान्यीकरण गर्दै रुल अफ ललाई हामीले ब्रेक डाउन भएको छ । त्यसलाई हामीले पुनस्र्थापना गर्नु छ । जहाँ अधिक बल प्रयोग भएको छ । जहाँ दुरुपयोग भएको छ आफ्नो अधिकारको, स्वतन्त्रताको । त्यसको पनि जाँचबुझ हुनै पर्छ निष्पक्ष रुपमा । यसलाई गर्नै पर्छ । हाम्रै छोराछोरी मारिनु भएको छ । धनजनमा क्षति भएको छ । यसलाई हामी सबैले मिलेर सम्बोधन गर्नैपर्छ । त्यसकारण मैले यी सबै विषयलाई मूर्त रुपमा सम्बोधन गर्ने भनेको प्रोफेशनल वर्गले नै हो । राज्यका संयन्त्रले नै हो । यसमा हामी सबै मिलेर गरौं ।’

मन्त्री अर्यालले आन्दोलनका क्रममा भएका शहीदको सम्मानमा सरकारले कुनै कमी हुन नदिने पनि बताएका छन  ।


प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?