काठमाडौँ । हालैको विरोध प्रदर्शनका क्रममा विभागको संरचना तोडफोड, आगजनी र उपकरण चोरीका कारण यातायात व्यवस्था विभागका सेवाहरू अवरुद्ध भएका छन्।
विभागले जारी गरेको सूचनामा भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनको क्रममा विभागको संरचनामा भएको तोडफोड, आगजनी र चोरी/लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेको उल्लेख गर्दै चालक अनुमतिपत्र, इलेक्ट्रोनिक सवारी साधन दर्ता लगायतको सम्पूर्ण सेवा हाल बन्द रहेको छ जानकारी दिएको छ ।
थप जानकारी अर्को सूचनामार्फत उपलब्ध गराइने विभागले जनाएको छ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आईतवार