Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

म्याड्रिडमा विस्फोटः २० भन्दा बढी घाइते


स्पेन। स्पेनको राजधानी म्याड्रिडमा शनिवार दिउँसो भएको विस्फोटमा परी आंशिक भवन भत्किँदा कम्तिमा २१ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

स्थानीय टेलिभिजन नेटवर्क टेलिम्याड्रिडकाअनुसार दक्षिणी म्याड्रिडको एक बारमा दिउँसो करिव ३ बजे विस्फोट भएको थियो । आपतकालीन सेवाहरूले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताएका छन् । एम्बुलेन्स र स्थानीय तथा राष्ट्रिय प्रहरी अधिकारीहरूसहित दमकल एकाइहरू घटनास्थलमा पठाइएको थियो ।

अग्निनियन्त्रकहरूले क्षतिग्रस्त भवनबाट भग्नावशेष हटाउन काम गरेका थिएश्र घटनाको अनुसन्धान भइरहेको छ । प्रारम्भिक रिपोर्टहरूले ग्यास चुहावटको कारण औंल्याएको छ ।


प्रकाशित मिति: २९ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?