Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

म्याड्रिडमा विस्फोटः २० भन्दा बढी घाइते


स्पेन। स्पेनको राजधानी म्याड्रिडमा शनिवार दिउँसो भएको विस्फोटमा परी आंशिक भवन भत्किँदा कम्तिमा २१ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

स्थानीय टेलिभिजन नेटवर्क टेलिम्याड्रिडकाअनुसार दक्षिणी म्याड्रिडको एक बारमा दिउँसो करिव ३ बजे विस्फोट भएको थियो । आपतकालीन सेवाहरूले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताएका छन् । एम्बुलेन्स र स्थानीय तथा राष्ट्रिय प्रहरी अधिकारीहरूसहित दमकल एकाइहरू घटनास्थलमा पठाइएको थियो ।

अग्निनियन्त्रकहरूले क्षतिग्रस्त भवनबाट भग्नावशेष हटाउन काम गरेका थिएश्र घटनाको अनुसन्धान भइरहेको छ । प्रारम्भिक रिपोर्टहरूले ग्यास चुहावटको कारण औंल्याएको छ ।


प्रकाशित मिति: २९ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?