Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

जेन–जी भन्छन्– अब हामी विदेश जान नपरोस्


काठमाडौँ। जेन–जी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ ।

जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार कार्कीलाई संविधानको धारा ६१ (४) अनुसार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । मुलुकको वर्तमान परिस्थितिको निकासका लागि कार्की उत्तम विकल्प भएको नागरिकले धारणा राखेका छन् । मुलुकको आवश्यकताअनुसार प्रधानमन्त्री कार्कीप्रति भरोसा गरेर एकतावद्ध भई अगाडि बढ्नुपर्ने उनीहरुको धारणा छ । एक दशकदेखि सत्तामा राज गरिरहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई परास्त गर्नु नै विजय भएको युवा अमृत चापागाईंले बताए । उनले मुलुकलाई सही दिशामा अघि बढाउन युवा नेताहरू एकजुट हुनुपर्ने बताए । उनले कार्कीको नेतृत्व मुलुकका लागि आशाको आधार बन्नसक्ने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले भने, ‘देशले नयाँ अभिभावक पाएको छ । अब मध्यावधि निर्वाचन हुँदैछ । यसप्रति हामी सकारात्मक हुुनुपर्छ । विगत दश वर्षदेखि शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रधानमन्त्री भइराख्नुएको थियो । अहिले नयाँ नेतृत्व आएको छ । अब मुलुकमा परिवर्तन हुन्छ भन्ने आशा राखेका छौं ।’

वरिष्ठ अधिवक्ता देवराज कटुवालले कानुनको ज्ञान भएको र देशलाई माया गर्ने व्यक्तिलाई नेतृत्व दिनु सकारात्मक रहेको धारणा व्यक्त गरेका छन् । उनले तत्कालका लागि मुलुकको संकट टरेको भएपनि भविष्यमा आउनसक्ने चुनौतीसँग जुध्नका लागि प्रधानमन्त्री कार्की तयार भएर बस्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिलेको परिस्थितिमा यो भन्दा उत्तम विकल्प अरु थिएन । मुलुकमा परिवर्तन धेरै भएपनि जनताले महशुस गर्न नपाएको अवस्थामा विकल्पको रुपमा कानून जानेको र देशलाई माया गर्ने मान्छे भएको कारण यो सकारात्मक सन्देश देखिएको छ । उहाँबाट आश गर्न सकिन्छ । तर यस अगाडिका पाइलाहरु धेरै नै अफ्ठ्यारा छन् । त्यसकारण अब सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’

अर्का युवा गणेश चौलागाईंले अस्तव्यस्त राजनीतिक परिस्थितिमा अनुभवी व्यक्तिले नेतृत्व लिनु मुलुकका लागि सकारात्मक संकेत संकेत भएको बताएका छन् । उनले युवाहरुको क्रान्तीको जगमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अगाडि बढ्नुपर्ने बताएका छन् । मध्यावधि निर्वाचनबाट आउने नेतृत्वले युवा पलायनको अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिलेको विकसित घटनाक्रम हेर्दा अनुभवी मान्छे नै प्रधानमन्त्री बस्दा राम्रो हो । अहिले सबैतिर अस्तव्यस्त भएको छ । सुशिला कार्की प्रधानमन्त्री हुनु राम्रो हो । अब हामी विदेश जानु नपरोस् ।’

नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरिसकेका छन् । साथै फागुन २१ गते बिहीवारका दिन नयाँ प्रतिनिधि सभा चुनावको मिति तोकिएको छ ।


प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?