Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

“सुशीला कार्की अन्तरिम प्रधानमन्त्री, आज राति ९ बजे शपथ”


रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने

काठमाडौँ । राजनीतिक संकटबीच अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सम्हाल्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राति ९ बजे शीतल निवासमा उनलाई औपचारिक शपथ गराउने तयारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

यसअघि कार्की, जेनजी अभियन्ता सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालसहितको टोली राष्ट्रपति निवास पुगेर अन्तिम छलफलमा सहभागी भएका थिए । संसद् विघटनबारे भने अझै पूर्ण सहमति बनेको छैन।

स्रोतका अनुसार जेनजी आन्दोलनको दबाब र सेना प्रमुख अशोकराज सिग्देलद्वारा संकटकाल घोषणा हुन सक्ने चेतावनीपछि राष्ट्रपति पौडेल आफ्नो अडानबाट पछि हटेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३–२४ को जेनजी आन्दोलनपछिको चापका कारण मंगलबार राजीनामा दिएका थिए, जसलाई सोही दिन राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए।


प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?