Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

“सुशीला कार्की अन्तरिम प्रधानमन्त्री, आज राति ९ बजे शपथ”


रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने

काठमाडौँ । राजनीतिक संकटबीच अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सम्हाल्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राति ९ बजे शीतल निवासमा उनलाई औपचारिक शपथ गराउने तयारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

यसअघि कार्की, जेनजी अभियन्ता सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालसहितको टोली राष्ट्रपति निवास पुगेर अन्तिम छलफलमा सहभागी भएका थिए । संसद् विघटनबारे भने अझै पूर्ण सहमति बनेको छैन।

स्रोतका अनुसार जेनजी आन्दोलनको दबाब र सेना प्रमुख अशोकराज सिग्देलद्वारा संकटकाल घोषणा हुन सक्ने चेतावनीपछि राष्ट्रपति पौडेल आफ्नो अडानबाट पछि हटेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३–२४ को जेनजी आन्दोलनपछिको चापका कारण मंगलबार राजीनामा दिएका थिए, जसलाई सोही दिन राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए।


प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?