Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भ्रष्टाचारका लागि कुनै पनि छुट हुन सक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ


२७ चैत्र, चितवन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक भएको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिलाई सकारात्मक दिशातर्फ लैजानका निम्ति सबैभन्दा पहिला आफूले आफैँलाई हेर्नुपर्ने बताए । अरुको निम्ति ठूलो कुरा गर्ने आफूलाई नहेर्ने प्रवृत्ति गलत भएको उनको भनाइ छ । उपप्रधानमन्त्री श्रेष्ठले भने, “अरुका निम्ति ठूलाठूला कुरा गरिदिने, आफूलाई नहेर्ने, प्रष्ट देखेको कुरा पनि नभन्ने प्रवृत्ति छ ।”

नेपालको राजनीतिमा देखापरेका समस्या सच्चिनुपर्ने उनले बताउनुभयो । उनले भने, “भ्रष्टाचारका लागि कुनै पनि छुट हुन सक्दैन ।” प्रहरीको व्यवहार जनमुखी र सेवामुखी हुनुपर्ने भन्दै उनले महिला हिंसा नियन्त्रणका लागि सरकारले काम गर्ने बताए । “नागरिकता पाउनुपर्ने संवैधानिक हक छ, तर कानुन नभएकाले पीडा भोगिरहेका छन्”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

गैरनागरिकले नागरिकता नपाउने भन्दै उनले नागरिकता विषयमा भएका अनियमितका विषयमा कडाइका साथ प्रस्तुत हुने बताए । नागरिकताका कतिपय विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले सबै दलहरुसँग छलफल गरेर समस्याको समाधान खोजिने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले भने, “नागरिकता प्राप्त गर्ने हकबाट कोही पनि वञ्चित हुनुपर्ने छैन ।”


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?