Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

काठमाडौं उपत्यकामा जनजीवन सामान्य बन्दै


काठमाडौं। काठमाडौं उपत्यकासहित देशभर जनजीवन सामान्य बन्दै गएको छ ।

आन्दोलनपछि नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको हो । नेपाली सेनाले कफ्र्यु खुकुलो बनाएसँगै पसलहरुबाट सामान खरिद गर्न, अत्यावश्यकका काममा घर बाहिर मानिसहरु निस्किएका छन् । बिहान ६ बजेदेखि ११ बजेसम्म हिँडडुलका लागि वातावरण मिलाएको सेनाले ११ बजेपछि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउने भएको छ । काठमाडौंमा बिहान मानिसहरु आवश्यक कामका लागि बाहिर निस्किएका छन् । बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावतका लागि निषेधाज्ञा केही खुकुलो बनाउने बताएको छ ।

नेपाली सेनाले सुरक्षाकर्मी, सञ्चारकर्मी, चिकित्सक, सरकारी कर्मचारीहरुलाई परिचय पत्र हेरेर आवतजावत गर्न दिएको छ ।


प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?