Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कानून व्यवसायी भन्छन्ः ‘जेन जी पुस्ताको माग व्यवस्था परिवर्तन होइन, आवश्यक परे सडकमा जान तयार छौँ’


काठमाडौँ। कानून व्यवसायीहरुले अहिलेको अवस्थालाई परिवर्तन गर्ने माग जेन जी पुस्ताहरुको भएपनि व्यवस्था परिवर्तन गर्ने माग नरहेको जिकिर गरेका छन् ।

नेपाल बार एशोसिएशनद्वारा भर्चुअल माध्यमबाट गरिएको बैठकमा बोल्दै कानून व्यवसायीहरुले यस्तो बताएका हुन् । उनीहरले संसद अहिले पनि चालु नै रहेको र संविधानभित्रबाटै समस्याको समाधान निकाल्नुपर्ने बताए । संवैधानिक संकटको अवस्थामा निकास दिन कानून व्यवसायीहरुले पहल गर्नुपर्ने बताए । सहमतिको बिन्दु पहिल्याएर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको जिकिर गरे । संसदका सदस्यहरुबाट नै जेन जी पुस्ताले रुचाएको व्यक्ति छन् भने त्यो व्यक्तिलाई अघि सारेर जानुपर्ने कानून व्यवसायी अशोक पोखरेलले बताए । उनले बारले संविधान मिचिने काम भए खबरदारी गर्नुपर्ने बताएका छन् ।

पूर्वकानूनमन्त्री एवं कानून व्यवसायी गोविन्द बन्दीले परिस्थितिको विश्लेषण गरेर मात्रै अघि बढ्न सुझाव दिएका छन्। उनले जेन जी मुभमेण्ट किन आयो र यसको रुट कजहरु केके हो भन्नेबारे स्पष्ट हुन जरुरी रहेको बताएका छन् । केही मानिसहरुको कुरा सुन्न नै जेन जी पुस्ता तयार नरहेको देखिएको बताए। संविधान सुधार गर्ने, संशोधन गर्ने र अहिलेको संविधानबाट नै समाधान खोज्नेतर्फ जानुपर्ने सुझाव दिए। नेपाल बारले आफ्नो समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताए ।

प्रतिनिधि सभाको सदस्यलाई मात्रै प्रधानमन्त्री बनाइनुपर्ने, मन्त्रीहरु बाहिरको भएपनि हुने माग आफ्नो रहेको बताएका छन् । प्रतिनिधि सभाको सदस्यको संयोजकत्वमा सरकार गठन गर्नुपर्ने बताए । चुनावी सरकार अविलम्व गठन गर्न पनि माग गरेका छन् । कानून व्यवसायी सुरेन्द्रकुमार महतोले बारको आधारभुत स्ट्याण्ड संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय शासन प्रणाली नै रहनुपर्ने बताए । उनले अहिलेको अवस्था विकराल र असामान्य रहेको बताए । अहिलेको संविधानअनुसार सरकार बनाउने भए शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् । संविधान अक्षुण्ड रहनुपर्ने बताए । कानून व्यवसायी लिलामणि श्रेष्ठले संविधानभित्रैबाट विकल्प खोजिनुपर्ने बताए । पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता दिनमणि पोखरेलले संविधानभित्रैबाट विकल्प खोज्नुपर्ने बताए। जेन जी पुस्ता नै अन्योलतामा रहेकाले विकल्प र सुझावहरु दिनुपर्ने बताए । कानून व्यवसायी बाुराजा जोशीले जेन जीको आन्दोलन संविधान विरोधी आन्दोलन नभएको बताए । संविधानको धारा ७६(३) बाट बन्न नसक्ने भए संसदभित्रैबाट मन्त्रीमण्डल गठन हुनुपर्ने बताए । तीन वटा बेन्च भएपनि शुरु गरेर न्यायपालिकाले आफ्नो काम शुरु गर्नुपर्ने बताए । कानून व्यवसायी ताराकुमार श्रेष्ठले न्यायको प्रक्रिया अघि बढेको प्रत्याभुति दिन जरुरी रहेको बताए । जेन जीको आन्दोलन भ्रष्टाचार र बेथितिको विरुद्धमा रहेको कुरा नेपाल बारले बिर्सिन नहुने बताए । जेन जीको भावना सम्बोधन हुनेगरी विज्ञप्ती जारी गर्न जरुरी रहेको बताए । कानून व्यवसायी पुरुषोत्तम अधिकारीले आवश्यक परे कानून व्यवसायीहरु सडकमा आउन तयार रहेको सन्देश दिनुपर्ने बताए । कानून व्यवसायी कपिलचन्द्र पोखरेलले नेपाल बारको भुमिका प्रभावकारी देखिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २६ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?