Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

जेन-जी आन्दोलनमा घाईते भएका ३५ जनाको निजामति कर्मचारी अस्पतालमा शल्यक्रिया


काठमाडौँ । बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा जेन जी आन्दोलनमा क्रममा घाईते भएका ३५ जनाको शल्यक्रिया गरिएको छ ।

अस्पतालका प्रशासकिय अधिकृत रञ्जना नेपालका अनुसार अस्पतालमा आएका ४ सय ३६ जनामध्ये ४८ जनको भर्ना गरिएको थियो । सोमध्ये ३५ जनाको शल्यक्रिया गरिएको हो । उनकाअनुसार उपचारको लागी ४४ जनालाई अन्य अस्पचालमा रिफर गरिएको छ । सामान्य उपचारपछि ३ सय ४४ जनालाई डिस्चार्ज गरिएको उनले जानकारी दिएकी छिन् । उनका अनुसार उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ । सोमवार ३ जना र मंगलवार ३ जना गरि ६ जनाको मृत्यु भएको उनले जानकारी दिइन् । मृत्यु हुनेहरुको शव पोष्ट मार्टमको लागी टिचिङ अस्पताल महाराजगञ्ज पठाएको उनले बताइन् । हाल अस्पतालमा बिरामी उपचार गर्न आवश्यक जनशक्ति र व्लड पर्याप्त रहेका पनि उनले जानकारी दिइन्।

उनले जेनजी आन्दोलनका क्रममा मंगलबार अस्पतालभित्र समेत असुरग्यासहरु प्रहार गरिएको जानकारी दिएकी छिन् । अश्रुग्यास प्रहारसंगै अस्पताल भित्र पसेर सुरक्षाकर्मीहरुले लाठी चार्ज गरेको उनले बताइन् । लाठी चार्जबाट एक जना चिकित्सक घाईते भएको उनको भनाई छ । आन्दोलनकारीहरुलाई अस्पतालभित्र छिर्न दिएको आरोपमा लाठी चार्ज भएको उनले बताइन् ।


प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?