Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

शान्ति सुरक्षाका लागि आज निषेधाज्ञा, भोलिसम्म कर्फ्यु लागू


काठमाडौँ । हालको असामान्य अवस्थालाई नियन्त्रणमा लिन सरकारले आज भाद्र २५ गते बेलुकी ५ बजेसम्म देशभर निषेधाज्ञा र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरेको छ। परिस्थितिअनुसार आदेश थप लम्ब्याइने वा परिवर्तन गरिनेछ।

नेपाली सेनाले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आन्दोलनको आवरणमा तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारसम्मका गतिविधि हुन सक्ने भन्दै सचेत रहन नागरिकलाई अपिल गरेको छ।

निषेधाज्ञा र कर्फ्यु अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन मात्र सञ्चालनमा रहनेछन्। अन्य गतिविधिलाई दण्डनीय अपराध मानेर कडाइका साथ कारबाही गरिने चेतावनी सेनाले दिएको छ।

साथै, अफवाहमा नलाग्न, आधिकारिक सूचना मात्र मान्न, राष्ट्रिय एकता र सद्भाव जोगाउन सबैलाई आग्रह गर्दै सेनाले जनताको सुरक्षा र उद्धारमा निरन्तर प्रतिबद्ध रहने विश्वास दिलाएको छ।


प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?