Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१७ पुष २०८२, बिहीबार
१७ पुष २०८२, बिहीबार

शान्ति सुरक्षाका लागि आज निषेधाज्ञा, भोलिसम्म कर्फ्यु लागू


काठमाडौँ । हालको असामान्य अवस्थालाई नियन्त्रणमा लिन सरकारले आज भाद्र २५ गते बेलुकी ५ बजेसम्म देशभर निषेधाज्ञा र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरेको छ। परिस्थितिअनुसार आदेश थप लम्ब्याइने वा परिवर्तन गरिनेछ।

नेपाली सेनाले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आन्दोलनको आवरणमा तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारसम्मका गतिविधि हुन सक्ने भन्दै सचेत रहन नागरिकलाई अपिल गरेको छ।

निषेधाज्ञा र कर्फ्यु अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन मात्र सञ्चालनमा रहनेछन्। अन्य गतिविधिलाई दण्डनीय अपराध मानेर कडाइका साथ कारबाही गरिने चेतावनी सेनाले दिएको छ।

साथै, अफवाहमा नलाग्न, आधिकारिक सूचना मात्र मान्न, राष्ट्रिय एकता र सद्भाव जोगाउन सबैलाई आग्रह गर्दै सेनाले जनताको सुरक्षा र उद्धारमा निरन्तर प्रतिबद्ध रहने विश्वास दिलाएको छ।


प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?